गूगलले हटायो तालिवानको एप


गूगल प्ले स्टोरले इस्लामी चरमपन्थी समूह तालिवानको एप ‘आलमराह' हटाइदिएको छ ।

चरमपन्थी समूहले एन्ड्रोइड फोनका लागि यो एप बनाएको थियो । यसमा रहेका सम्पूर्ण सामग्री पश्तो भाषामा रहेका छन् ।


उक्त एपमा अफगानिस्तानी समूहले गरेका गतिविधि, चरमपन्थीका बयान तथा उनिहरुले सञ्चालन गरेका कार्यको भिडियो राखिएका छन् । जसको अप्रिल एकमा लन्च गरिएको थियो ।

लन्च भएको केहीबेरपछि नै यो एप गूगल प्ले स्टोरबाट हटेको थियो । चरमपन्थी समूहले भने यसलाई प्राविधिक कारण भनेको छ ।
गूगलले भने यस विषयमा केही भनेको छैन् ।

गूगल जारी गरेको एक वक्तव्यमा भनेको छ–‘हाम्रो नीति उपभोक्ता तथा वेभ डेभलपरलाई अनुभव दिनका लागि हो । यसका कारण हामी यस नीतिलाई पालना नगर्ने एपलाई गूगल प्ले स्टोरबाट हटाईदिन्छौं ।'
annapurnapost

news and entertainment