महिला बास्केटबलमा नेपाल उपविजेता


काठमाडौँ: प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधि श्रीलङ्काले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्ड हलमा शनिबार भएको अन्तिम खेलमा श्रीलङ्काले नेपाललाई २६ अङ्कको अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमायो ।



घरेलु टोली नेपालले अन्तिमसम्म गरेको प्रयास असफल भएपछि उपविजेतामा चित्त बुझाउनु पर्यो ।

निर्धारित चार क्वाटरमा श्रीलङ्काले नेपालमाथि १५–११, २०–१३, १७–१६ र २३–९ को अग्रता लिँदै जम्मा ७५–४९ को जित हासिल गरेको हो ।

दक्षिण एसियाका पाँच राष्ट्रका टोली सहभागी भएको प्रतियोगितामा माल्दिभ्स तेस्रो, भुटान चौथो हुँदा बङ्गलादेशले अन्तिम स्थानमा चित्त बुझायो ।

विजेतालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले ट्रफी, पदक वितरण गरे ।

दक्षिण एसियामै पहिलोपटक आयोजना भएको प्रतियोगितामा विजेता टोलीलाई नगद पुरस्कार नराखेको भए पनि नेपाली टोलीलाई रु एक लाख ५० हजार दिने निर्णय गरिएको नेपाल बास्केटबल सङ्घले जनाएको छ । रासस
annapurnapost

, ,

news and entertainment