पाँच महिना भन्दा लामो समयको तराई मधेस आन्दोलनको कारण भएको व्यापारिक घाटा सहन नसकेर सुनसरी इटहरीका एक व्यवसायीले आत्महत्या गरेका छन् । समाजमा निकै भिजेका र सहयोगी मनका व्यवसायी सुनिल अग्रवालले व्यापारमा भोगेको अथाह घाटाले विक्षिप्त बनेर आत्महत्या गरेको बताइएको छ ।सोमबार विहान इटहरी स्थित निजी निवासमा कोठामा राखिएको पंखामा डोरी प्रयोग गरि झुन्डिएको अबस्थामा अग्रबालको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अग्रबालको शव बिहान साढे ८ बजे उनकै निवासमा झुन्डिएको अबस्थामा फेला परेको हो । शव पोष्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएपछि उनले आत्महत्या गरेको पुष्टि भएको हो । ४० बर्षीय अग्रवाल ६ महिने मधेस आन्दोलन पश्चात व्यवसाय घाटामा परेको उनका नजिकका व्यवसायीहरुको भनाई छ । अग्रबाल सिमेन्ट, रड, जस्तापाता लगायतका होलसेल व्यवसाय गदै आएका थिए । उनले इटहरीमा रहेको प्रतीक ट्रेड सेन्टर मार्फत आफनो व्यवसाय संञ्चालन गर्दै आएका थिए । पूर्वका सफल व्यवसायीको रुपमा समेत परिचित अग्रबालको मृत्युले व्यवसायीहरु शोकमा परेका छन । अग्रबाल उधोग बाणिज्य संघ इटहरीका उपाध्यक्ष थिए । उनी निकट व्यवसायीका अनुसार अग्रबाल केही समय यता निकै तनावमा थिए । कार्यालय समेत नगई उनि एक्लै बस्दै आएका थिए । नजिकका व्यवसायीलाई अग्रबालले आफु व्यवसायमा डुबेको गुनासो सुनाउने गरेका थिए । व्यवासय घाटामा गएपछि उनले इटहरीको घर समेत बिक्री गरेका थिए ।News24Nepal
मधेस आन्दोलनले घाटा परेपछि इटहरीका व्यवसायीद्धारा आत्महत्या
news and entertainment
