विश्व-११ का कप्तान छानिए विराट कोहली
एजेन्सी: भारतीय क्रिकेट टीमका रन मेशीनकारुपमा परिचित विराट कोहली विश्व-११ को कप्तान छानिएका छन् ।
टी-२० विश्वकप २०१६ का म्यान अफ द टुर्नामेन्ट बनेका कोहलीलाई पूर्व क्रिकेट र कमेन्टेटरहरुले विश्व-११ को कप्तानमा चुनेका हुन् ।
टी-२० विश्वकपपछि सोमवार पूर्व क्रिकेटर र कमेन्टेटनरको समूहले टी-२० को महिला र पुरुष दुबै उत्कृष्ट टीम पनि चुनेको छ । यसमा भारतका स्टार क्रिकेटर विराट कोहली कप्तान चुनिएका हुन् ।
विराटले विश्वकपमा १३६.५० को औसतमा सर्वाधिक २७३ रन बनाए । उनले सेमिफाइनल भिडन्तमा एक विकेट पनि लिए ।
प्रतियोगितामा कोहलीले १४६.७७ को स्ट्राइक रेटले तीनवटा अर्धसतक पनि ठोके । कोहलीले यस प्रतियोगितामा २९ चौका र ५ छक्का पनि लगाए ।
विराटसँगै भारतबाट विश्व-११ मा आशीष नेहरा पनि परेका छन् । विश्व-११ मा सबैभन्दा धेरै ४ खेलाडी इङ्ल्यान्डका परेका छन् ।
यो टीममा वेस्टइन्डिजका २ जना खेलाडी परेका छन् । दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश र अस्ट्रेलियाका एक-एक क्रिकेटरलाई छानिएको छ ।
१२ जना खेलाडीको सूचीमा बंगलादेशका बलर मुस्ताफिजुर रहमान पनि पर्न सफल भए ।
महिलातर्फ विश्व-११ टीममा भारतका एकजना पनि खेलाडी परेनन् । यो सूचिमा सर्वाधिक ४ क्रिकेटर न्यूजील्यान्डका परे । अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबाट दुई-दुई क्रिकेटर चुनिए। पाकिस्तान र दक्षिण अफ्रिकाबाट एक-एक क्रिकेटर परे ।
महिला विश्व-११ को कप्तामा विश्व विजेता टीम वेस्टइन्डिजकी कप्तान स्टेफनी टेलर छानिइन् ।
annapurnapost
