गाेकुलम रिसाेर्टमा भेटियाे दाहिना शंख , हेर्ने मान्छेहरूकाे भिड बढ्दै

 इटहरी / मोरङ सुन्दरदुलारी न.पा. स्थित गाेकुलम रिसाेर्टमा दाहिना शंख फेला परेकाे छ । पाेल गाडने क्रममा खनिएकाे खाडलमा उक्त शंख फेला परेकाे हाे । उक्त शंखलार्इ हिन्दु धर्ममा निकै महत्वकासाथ  गरीन्छ ।


गाेकुलम रिसाेर्टका संञ्चालक राधेश्याम पाैडेलका अनुसार रिसाेर्टलार्इ ब्यवस्थित गर्न र पर्यटकिय स्थलकाे रूपमा परिचित बनाउन केहि बिकास निर्माणका कामलार्इ अघि बढाउने क्रममा पाेल गाडनकाे निमित्त खनिएकाे खाडल भित्र शंख फेला परेकाे बताए ।

उक्त रिसाेर्टमा साे शंख फेला परेकाे खबर पाएपछि दैनिक हेर्ने मान्छेहरूकाे भिड बाक्लिदै गएकाे छ । कसैले भगवान बिष्णुकाे प्रतिक हाे भनेका छन भने कसैले मन्दिर बनाएर राख्न सुझाव समेत दिएका छन । यता रिसाेर्टका सञ्चालक पाैडेलका अनुसार फेला परेकाे उक्त शंखलार्इ रिसाेर्टभित्रै मन्दिर बनार्इ स्थापना राखिने बताएका छन ।

के हाे दाहिने शंख
sankha12हिन्दु धार्मीक ग्रन्थमा  दाहिने शंखलार्इ निकै महत्वका साथ उल्लेख गरेकाे पाइन्छ । समुन्द्र मन्थन हुदा भगवती लक्ष्मीसंगै दाहिने शंखकाे पनि उत्पती भएकाे र यसलार्इ लक्ष्मिकाे सहाेदर भार्इकाे रूपमा पुजा गर्ने गरीन्छ । दाहिने शंख कसैले फेला पारेमा या खरिद गरी ल्याइ घरमा राखी पुजा अाजा गरेमा उक्त घरमा कहिल्यै अनिकाल पर्दैन भन्ने मान्यता रहीअाएकाे छ ।

साथै उक्त शंखलार्इ फेला पारी या खरिद गरी मन्दिर बनाएर दैनिक पुजा गर्ने गरेमा त्याे परिवार तथा घरमा शुख शान्ति तथा समबृद्धिका साथै धनसम्पती समेत अाय अार्जन हुने बिस्वास गरिन्छ ।
purbelinews

,

news and entertainment