पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध जारी राखेको कारबाहीमा २५२ आतङ्ककारी मारिए
इस्लामाबाद, उत्तरी वजिरिस्तान क्षेत्रको दुर्गम पहाडी इलाकामा गत दुई महिनायता पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध जारी राखेको कारबाहीको क्रममा २५२ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।
पाकिस्तानी सैनिक स्रोतले आइतबार सो जानकारी दिएका छन् । सयौं सैनिक र लडाकू विमानको सहयोगमा यस कारबाही भएको, तर अझै पनि सवाल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरु बाँकी रहेका बताइएको छ । अव अन्तिम चरणको कारबाही सवालमा बाँकी रहेको जनाइएको छ । गत दुई महिनादुेखि यस कारबाहीमा २५२ जना आतङ्ककारी मारिनुको साथै अन्य १६० जना भने घाइते भएका छन् । तर यस कारबाहीको क्रममा आठ पाकिस्तानी सैनिकको पनि ज्यान गएको र अन्य ३९ जना सैनिक घाइते भएका सैनिक प्रवक्ताले जानकारी दिएका छन् ।
गत फेब्रुअरीबाट पाकिस्तानी सैनिकले उत्तरी वजिरिस्तानको सवालको ६४० स्क्वायर किलोमिटर क्षेत्रमा तालिवान विरुद्ध कारबाही जारी राखेको बताइएको छ । रासस
News24Nepal
