भारतका चर्चित योग गुरु स्वामी रामदेव बाबाले लाखौँको शिर काट्छु भनेपछि....

एजेन्सी: भारतका चर्चित योग गुरु स्वामी रामदेव बाबाले 'भारत माता की जय' नारा नलगाउनेको शिर काट्छु भनेपछि विवादमा तानिएका छन् ।

लाखौंको शिर काट्छु भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि उनीविरुद्ध पुलिस चौकीमा उजुरी परेको छ। 'भारत माता की जय' नारामा विवाद चलिरहेको बेला उनले आइतबार विवादास्पद बयान दिएपछि उनीविरुद्ध पुलिस चौकीमा उजूरी परेको हो।



स्वामी रामदेवले भारतका आइ एमआइएमका प्रमुख असदुद्दिन ओव्यासीलाई 'भारत माताकी जय' नारालाई कानूनबाहेक कसैले वहिस्कार गरे लाखौको शिर काट्ने चेतावनी दिएका थिए।

उनले भनेका थिए, 'मेरो हात कानुनले बाँधिएको छ', उनले भनेका थिए, 'नत्र  भारत आमाको अपमान गर्ने एउटा मात्र होइन लाखौँको शिर काटिनेछ।'

यही भनाइलाई लिएर हरियाणाका पूर्वमन्त्री एवम् कांग्रेस नेता सुभाष बत्राले स्थानीय एसपीसँग गुनासो गरेका छन्। उनले भनेका छन्, 'यदि प्रहरीले रामदेवबाबाविरुद्ध उजूरी दर्ता गर्न नमानेमा मंगलबार यही विषयलाई लिएर अदालतमा जान्छौँ।'

'भारत माताकी जय' नारालाई लिएर केही दिनदेखि भारतमा धेरै प्रकारका बहस भइरहेका छन्।

'कसैले मेरो शिरमाथि चक्कु राखे पनि म भारत माता की जय कदापि भन्दिनँ', राष्ट्रिय स्वयंसेवक संघका सञ्चालक डा. मोहनराव भागवतको भाषणमा प्रतिक्रिया दिँदै असदुद्दिन ओव्यासीले भनेका थिए, 'किनकी यस्तो भन्न भारतको संविधानमा उल्लेख गरिएको छैन।'
annapurnapost

,

news and entertainment