एसएलसी दिँदै गरेकी एक विद्यार्थीको रुखबाट लडेर मृत्यु
एसएलसी दिँदै गरेकी एक विद्यार्थी घास झार्दा रुखबाट लडेर मृत्यु भएको छ । मानेभन्ज्याङ्ग गाविसमा रहेको मानेभन्ज्याङ्ग माविमा परिक्षा दिन आएकी दलगाउँ ९ की सजिना तामाङ्गको मृत्यु भएको हो । दिदीको घरमा डेरा बसेर परिक्षा दिईरहेकी सजिना आईतबार गणित विषयको परिक्षा दिएर आएपछि रुखमा घाँस झार्न पसेकी थिईन् । घाँस झार्ने क्रमा लडेर गम्भिर घाईते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर ल्याईएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको आफन्तजनले जानकारी दिएका छन् । बुबा रामबहादुर र आमा फुलमायाकी कान्छी छोरी सजिना भुल्के गाविसमा रहेको पञ्चकन्या उच्च माविबाट परिक्षा दिन मानेभन्ज्याङ्ग गएकी थिईन् । उनको शवलाई मानेभञ्ज्याङमै लगेर अन्त्येष्टि गरिएको परिवारजनले जनाएका छन् ।
purbelinews
