कास्कीलाई हराउँदै झापा सेमिफाइनलमा

इटहरी / झापा–११ रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार झापाको डोमलाल रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा कास्की–११ लाई ३–२ ले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो । खेल सकिन २ मिनेटमात्र बाँकी रहेका समय कर्ण लिम्बुले गोल गरे पछि झापा विजयी भयो । झापाका लागि गणेश खड्का,दिलेन लोक्तान  र कर्ण लिम्बुले एक–एक गोल गरे ।



कास्कीका सुशील लामा र उत्तम गुरुङले एक–एक गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच झापा ११ का गणेस खड्का घोसित भए ।  प्रतियोगितामा भोली बिभागीय डर्वीमा नेपालप्रहरी र नेपाल आर्मी बीच प्रतिस्पर्धा हुनेछ। पुलिस भारतको गोर्खा ब्वाईजलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो भने आर्मीले सिधै स्थान पाएको हो ।
purbelinews

,

news and entertainment