संविधानसभाको निर्वाचन मिति घोषणा गर्न माग गर्दै तराई बन्द:
१२ जेठ, काठमाण्डौं । संविधानसभाको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनमा उत्रिएको सद्भावना पार्टीले आज तराई बन्दको आह्वान गरेको छ । बन्दका कारण तराईका २२ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
निर्वाचनको मिति घोषणा, नागरिकता वितरणमा देखिएका समस्या समाधान लगायतका माग राखेर विभिन्न आन्दोलन गर्दै आएको सद्भावनाले सरकारले आफ्नो माग सुनुवाईमा कुनै पहल नगरेको भन्दै तराई बन्दको आह्वान गरेको हो ।
सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अनलाइनखबरलाई भन्नुभयो-’हामीले सरकारलाई माग पुरा गराउन हिजो सम्मको अल्टिमेटम दिएका थियौं, सरकारले कुनै सुनुवाई गरेन त्यसैले आज तराई बन्द गर्नुपर्यो, वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गरेपनि सरकारले नटेरेकाले हामीहरु सशक्त आन्दोलन तर्फ लागेका छौं ।’
बन्द आज मात्र आह्वान गरेकाले साँझ पाँच बजेपछि खुल्ने पनि कर्णले जानकारी दिनुभयो ।
महतोलाई जन्डिस
यता सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलाई भने जन्डिस भएको चिकित्सकहरुले बताएका छन् । पार्टीका माग पुरा गराउन आवरण अनसनमा बस्नुभएका महतोको स्वास्थ्य अवस्था कमजोर भएपछि प्रहरीले हस्तक्षेप गरी वीर अस्पतालमा भर्ना गराएको थियो । उहाँको उपचारका क्रममा जन्डिस भएको पुष्टि भएको सहअध्यक्ष कर्णले बताउनुभयो । उहाँले भन्नुभयो ‘अध्यक्ष जीको स्वास्थ्यमा सुधार आउँदैछ, उहाँलाई जन्डिस पनि भएको रहेछ, डाक्टरहरुको निगरानीमा हुनुहुन्छ, चाँडै जाति हुनुहुनेछ ।’ चार दिनसम्म आमरण अनसनमा बस्नुभएका महतोको शरिरमा नुन र ग्लुकोजको मात्र कम भएकाले उहाँमा समस्या उत्पन्न भएको चिकित्सकहरुको भनाई छ