अध्यक्ष खिलराज रेग्मी र चार दल बीच चार घण्टा वार्ता:::::::::

१२ जेठ, काठमाण्डौं । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरिय राजनीतिक समितका सदस्यहरुबीच आइतबार ४ घण्टा लामो छलफल भएको छ । छलफलमा चुनावको मिति, निर्वाचन कानून, संविधानसभा सदस्यको संख्या, थ्रेसहोल्ड र प्रधानन्यायाधीशबाट रेग्मीले राजीनामा दिने/नदिने विषयमा छलफल भएको बैठकपछि नेताहरुले जनाएका छन् । यसबारे औपचारिक छलफल गर्न सोमबार बिहान ४ दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमका अनुसार छलफलमा उपस्थित नेतालाई अध्यक्ष रेग्मीले समानुपातिक प्रणालीअन्र्तगत स्थान सुरक्षित गर्न आवश्यक पर्ने न्यूनतम मत (थ्रेसहोल्ड), समानुपातिकतर्फको संविधानसभा सदस्य संख्या र दल दर्ताका आवश्यक शर्तहरु लगायतका विषयलाई गम्भीरतापूर्वक लिई यथासक्य छिटो टुंगोमा पुग्न विशेष आग्रह गर्नुभएको थियो ।
”थ्रेसहोल्ड, समानुपातिक तर्फको सिट संख्या र दल दर्ताका लागि आवश्यक पर्ने शर्त जस्ता विषयमा गम्भिर हुन र यी विषयमा तत्काल टुंगोमा पुगि एउटा निश्चित धारणा बनाएर आउन म तपाईहरुलाई विशेष आग्रह गर्दछु” शीर्ष नेताहरुलाई रेग्मीको आग्रह थियो । जवाफमा शीर्ष नेताहरुले यथासिघ्र उपरोक्त विषयमा छलफल गर्ने र आफ्नो धारणा जानकारी गराउने आश्वासन दिएका छन् । गौतमका अनुसार छलफलमा संविधानसभा सदस्य निर्वाचन अध्यादेश, निर्वाचनको मिति घोषणा गर्ने लगायत विविधि विषयमा परामर्श भएको छ र सरकार यी विषयमा छिटो टुंगो पुग्न चाहेको रेग्मीले नेताहरुलाई बताउनुभएको थियो । रेग्मीको आग्रह अनुसार विवादित विषयमा सहमति जुटाउनका लागि चार दलले सोमबार बिहान बैठक बस्ने भएका छन् ।
दलहरुबीच निर्वाचन कानूनका विषयमा सहमति नजुट्दा सरकारले कानून जारी गराउन राष्ट्रपति समक्ष सिफारिस गर्न सकेको छैन । अध्यक्ष रेग्मीले यसअघि पनि राजनीतिक दलका नेताहरुलाई भेटेर निर्वाचन कानूनमा छिटो सहमति गर्न आग्रह गर्नुभएको थियो । समितिमा रहेका कांग्रेस र एमाले कानूनमा थ्रेस होल्ड र संविधान सभाको सदस्य संख्या ४ सय ९१ हुनुपर्ने अडान राख्दै आएका छन् । तर एकीकृत माओबादी र मधेसी मोर्चा भने पहिला सहमति भएको वुँदामा फेरि विवाद गर्दै ६ सय १ नै पुराउनुपर्ने तर्क गर्दै आएको छ ।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमका अनुसार छलफलमा उपस्थित नेतालाई अध्यक्ष रेग्मीले समानुपातिक प्रणालीअन्र्तगत स्थान सुरक्षित गर्न आवश्यक पर्ने न्यूनतम मत (थ्रेसहोल्ड), समानुपातिकतर्फको संविधानसभा सदस्य संख्या र दल दर्ताका आवश्यक शर्तहरु लगायतका विषयलाई गम्भीरतापूर्वक लिई यथासक्य छिटो टुंगोमा पुग्न विशेष आग्रह गर्नुभएको थियो ।
”थे्रसहोल्ड, समानुपातिक तर्फको सिट संख्या र दल दर्ताका लागि आवश्यक पर्ने शर्त जस्ता विषयमा गम्भिर हुन र यी विषयमा तत्काल टुंगोमा पुगि एउटा निश्चित धारणा बनाएर आउन म तपाईहरुलाई विशेष आग्रह गर्दछु” शीर्ष नेताहरुलाई रेग्मीको आग्रह थियो । जवाफमा शीर्ष नेताहरुले यथासिघ्र उपरोक्त विषयमा छलफल गर्ने र आफ्नो धारणा जानकारी गराउने आश्वासन दिएका छन् । गौतमका अनुसार छलफलमा संविधानसभा सदस्य निर्वाचन अध्यादेश, निर्वाचनको मिति घोषणा गर्ने लगायत विविधि विषयमा परामर्श भएको छ र सरकार यी विषयमा छिटो टुंगो पुग्न चाहेको रेग्मीले नेताहरुलाई बताउनुभएको थियो ।

news and entertainment