अमेरिकाद्वारा सिरियामा आक्रमणको तयारी : आक्रमण गरे अमेरिका असफल: असाद
वासिङटन, १० भदौ । अमेरिकी सेनाले सिरियामा आक्रमणको तयारी गरिरहेको बताइएको छ । सो प्रयोजनका लागि सिरियाको राजधानी दमासकसलाई घेराभित्रजस्तो पारेर अमेरिकी सैनिक तैनाथ भएका छन् ।
सिरियाले गत बुधबार राजधानी दमासकस नजिकै गरेको एक आक्रमणमा रासायनिक एवम् निकै घातक हतियारको प्रयोग गरी सयौँ नागरिकको हत्या गरेकोले त्यस विरुद्धको कारबाहीका लागि अमेरिकाले यो रणनीति अपनाएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी सैनिले कारबाहीका लागि सिरियाले गत बुधबारको आक्रमणमा सिरियाली सेनाले रासायनिक हतियारको प्रयोग गरेको बारेमा अनुसन्धान गरी सो तथ्य फेलापार्न पनि निर्देशन दिनुभएको बताइएको छ ।
उक्त प्रारम्भिक अनुसन्धानका लागि संयक्त राष्ट्रसङ्घका अनुसन्धान अधिकारीहरु त्यसतर्फ लागिसकेका बताइएको छ । यसअघि सिरियामा भएका मानवअधिकार हनन्का विभिन्न घटनामा अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई पनि सिरिया सरकारले अनुमति दिएको थिएन ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले राष्ट्रपति बाराक ओबामालाई सिरियामा रासायनिक हतियार प्रयोग गरेको विषयमा विभिन्न सैनिक विकल्पहरुका बारेमा सुझाएको थियो । ती बिकल्पमध्ये सिरियामा बल प्रयोग एक रहेको थियो ।
यस विषयमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन नजिकमा रहेर परामर्श गरिरहेको देखिएको छ । उहाँहरुबीच सिरियामा सैनिक आक्रमणका लागि सहमति भएको पनि समाचारमा जनाइएको छ ।
डक्टर्स विथआउट बोर्डर्सले बुधबारको घटनामा ३५५ व्यक्तिको स्नायु प्रणालीमा गम्भीर असर परेका लक्षणका कारण मृत्युभएको देखिएको जानकारी दिएको छ । सो घटनामा परी कम्तीमा पनि दुई हजार नागरिक मारिएका पछिल्ला समाचारहरुमा उल्लेख छ ।
संयुक्त राष्ट्र सङ्घले सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको विद्रोहमा हालसम्म एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जानकारी दिएको छ । उक्त विद्रोहमा परी हजारौँ नागरिक अङ्गभङ्ग भई कोही विभिन्न अस्पतालमा त कोही अशक्त भई घरैमा बाँचिरहेका छन् ।
उक्त आन्दोलनका क्रममा यसअघि पनि यस्ता घातक हतियारको प्रयोग गरिएका समाचारहरु आइरहेका थिए । तर सिरिया सरकारले त्यसको खण्डन गर्दै आएको थियो । यस पटकको आक्रमणमा पनि सरकारले सेनाको हात नरहेको दाबी गर्दै आएको छ ।
अमेरिकालाई रसियाको चेतावनी
यसैबीच रसियाले अमेरिकाले सिरियामा सैनिक कारबाही सुरु गर्न लागेकोमा गम्भीर चासो व्यक्त गरेको छ । उसले सैनिक कारबाहीको रुप अत्यन्तै खतरनाक हुने चेतावनी पनि दिएको समाचारमा जनाइएको छ ।
रसियाका विदेश मन्त्री सेर्गेई लाभरोभले अमेरिकी विदेश मन्त्री जोन केरीलाई उक्त कारबाहीका लागि हतार नगर्न सुझाव दिनुभएको बताइएको छ । उहाँले सैनिक कारबाहीले आगामी दिनमा सैनिक हस्तक्षेपका अरुपनि नकारात्मक शृंखलाहरुको विकास हुने खतरा रहने पनि जनाउनुभएको समाचारमा जनाइएको छ ।
लाभरोभले आइतबार राति अमेरिकी विदेश मन्त्री केरीलाई टेलिफोन गरी अमेरिकाले सिरियामाथि आक्रमणको तयारी गरेको समाचार सुन्दा रसिया झस्किएको बताउनुभएको थियो ।
उहाँले उक्त फोनवार्ताका क्रममा अमेरिकालाई सिरियामाथि सैनिक हमलाका लागि हतार नगर्न सुझाएको बताइएको छ । तर उक्त सुझावप्रतिको अमेरिकी विदेश मन्त्रीको प्रतिक्रिया भने सार्वजनिक गरिएको छैन ।
आक्रमण गरे अमेरिका असफल: असाद
उता सिरियाली राष्ट्रपति बसार अल असादले अमेरिकाले सिरियामाथि सैनिक हमला गरेमा अमेरिका सफल नहुने प्रतिक्रिया दिनुभएको छ । उहाँले रसियाको एक पत्रिकालाई दिनुभएको अन्तरवार्तामा अमेरिका सैनिक हमलामा सफल नहुने दाबी गर्नुभएको उक्त पत्रिकाको सोमबारको संस्करणमा छापिएको छ ।
उहाँले यसअघिका अमेरिकी सैनिक आक्रमणका फेहरिस्त प्रस्तुत गर्दै यदि अमेरिकाले सिरियामाथि एकतर्फी रुपमा आक्रमण ग¥योभने उसका सामु असफलता व्यहोर्नुबाहेकको अर्को कुनैपनि बिकल्प नहुने चेतावनी पनि उक्त अन्तरवार्तामा दिनुभएको छ ।
साथै उहाँले आफ्नो सेनाले रासायनिक हतियारको प्रयोग नगरेको भन्दै त्यसको बचाउ गर्नुभएको छ । हामीलाई केही पश्चिमा राष्ट्रहरुले रासायनिक हतियारको प्रयोग गरेको भनी गरेको आलोचना वाहियात छ– उहाँले सो अन्तरवार्तामा भन्नुभएको छ ।
यो पूर्वाग्रही आरोप हो भन्दै उहाँले यसले सिरियाको आत्मसम्मानमा चोट पु¥याउने प्रयत्न गरेको बताउनुभएको छ । तर सो स्थानमा किन त्यति धेरै नागरिक एकैसाथ मारिए भन्ने बारेमा भने उहाँले केही बताउनु भएको छैन ।