अपमानित भएर एमाले सरकारमा जाँदैन : नेपाल

रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘एमालेलाई झुकाएर सरकारमा लैजाने कांग्रेसको सपना पूरा नहुने' बताएका छन्।


‘दोश्रो संविधानसभाको निर्वाचनमा जनताले दुई शक्तिलाई बराबरीको दर्जा दिएको छ। कांग्रसले एमालेलाई होच्याएर अपमानित व्यवहार गरिरहेको छ,' सदरमुकाम गौरमा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘एकता, स्वाभिमान र पहिचानको अत्यन्तै खाँचो छ। परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले छिटोभन्दा छिटो एमालेसँग सहमति र सहकार्य गर्नुपर्छ।'
कांग्रेस मुलुकमा संविधान बनाउने कार्यमा लचिलो भएर सबै दलसँग सहकार्य गरी छिटो सरकारलाई पूर्णता दिनुपर्ने उनले बताए। नेता नेपालले अर्को एक कार्यक्रममा महिला साइकल दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कारसमेत प्रदान गरे।
nagariknews.com

,

news and entertainment