अगाडीको पाङ्ग्राबिनै अवतरण गरियो विमान, दुर्घटनाबाट जोगियो
१५ चैत, एजन्सी । अभान्का एयरलाइन्सको एक विमानले सुरक्षित अवतरण गरेको छ । ब्राजिलको राजधानी ब्रासिलियाको एक विमानस्थलमा आकस्मिक रूपमा अवतरण गराइएको उक्त विमानको अगाडिको पाङ्ग्रा नै थिएन । अगाडिको पाङ्ग्रा बिनानै सुरक्षित अवतरण गराइएको थियो ।
उक्त विमानमा ४९ जना यात्रु रहेका थिए । यदी सुरक्षित अवतरण गर्न नसकेको भए विमान ठुलो दुर्घटनामा पर्न सक्थ्यो । यसले विमानस्थलमा रहेका अन्य विमानलाई समेत क्षति पुर्याउन सक्ने सम्भावना रहेको थियो । तर पाइलटले निकै सावधानीपूर्वक अवतरण गराएपछि दुर्घटनाबाट जोगिएको थियो ।
अगाडिको पाङ्ग्राको गेयर नखुल्दा अगाडिको पाङग्राले काम गर्न सकेको थिएन ।
