संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको लागि आन्दोलनको घोषणा

१५ चैत, काठमाडौ । संबैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय ब्यवस्था र धर्म सापेक्ष बैद्धिक सनातन हिन्दु राष्ट्रको स्थापनाको लागि आन्दोलनको घोषणा गरेको छ ।

शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पहिलो चरणमा राजतन्त्र ल्याउँ राष्ट्रियता बचाऊ भन्ने नारा सहित चैत्र १७ गते डेढ बजे खुल्ला मञ्चबाट बृहद मोटरसाईकल र्याली निकालेर संविधानसभा अघि कोण सभा गरी सभामुख सुवास नेम्वाङलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
gyanandra shah
उसले आफूहरुको माग पुरा नभएसम्म चरणबद्ध रुपमा निरन्तर विभिन्न दवाव मुलक कार्यक्रमहरु अघि बढाउँदै जाने घोषणा समेत पत्रकार सम्मेलनमा गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष पशुपति खड्काले गणतन्त्रको स्थापनसँगै मुलुक गंभिर संकटमा फस्न थालेको दावी गर्दै राजसंस्थाको समाप्ति पछि मुलुकको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मितामा चौतर्फी आक्रमण हुन थालेकोले अब सबै राष्ट्रबादी शक्तिहरु मुलुक बचाउन यो अभियानमा लाग्नु पर्ने आवश्यकता औल्याए । उनले संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको आफूहरुको अभियानले सार्थकता नपाएसम्म आन्दोलनलाई निरन्तर चलाउने घोषणा गरे ।

उनले अहिलेको संविधानसभाले आफूहरुको माग पुरा गर्नेमा अविश्वास ब्यक्त गर्दै संविधानसभाले नगरे सडकबाट राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने चेतावनी दिए । 

कार्यक्रममा महासचिव रामकुमार शर्माले यूवाहरुको सक्रियता विना देशको विकास र परिवर्तन असम्भव रहेकोले आफूहरु राष्ट्रियता संरक्षणको अभियानमा लागेको बताए ।

कार्यक्रममा र्यालीका संयोजक धिरण बहादुर पन्त, सल्लाहकार दास सुवर्णकार, समाजसेवी विष्णु प्रसाद शर्माले पनि राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको आवश्यकतामाथि प्रकास पारेका थिए ।

,

news and entertainment