बलात्कारीलाई ३८०० भोल्टको करेन्ट

भारतमा सबैभन्दा धेरै महिला बलात्कारको शिकार हुन्छन् । त्यसले महिलाको सुरक्षाको लागि भारतमा यति खतरनाक ‘ब्रा’ बनेको छ, जसलाई जानीजानी छुने जो कोहीलाई पनि एकै पटक ३८ सय भोल्टको करेन्ट लाग्छ । त्यति मात्र हैन, त्यसले बलात्कार हुन लागेकी महिलाको घर तथा प्रहरीलाई समेत म्यासेज दिन सक्छ ।

भारतको पन्जाब यूनिभर्सिटीको डिपार्टमेंट अफ जियोग्राफीको डा कृष्ण मोहनकी छोरी मनीषा मोहनले बनाएको यो ब्रा संसारकै प्रसिद्ध बनेको छ । यो ‘ब्रा’ ले जानी९जानी छोईएको वा झुक्किएर भन्ने पनि थाहा पाउन सक्छ । त्यति मात्र हैन जबर्जस्तिको छुवाई वा प्रेमसहितको छुवाई पनि पत्ता लगाउन सक्छ ।

यो ‘ब्रा’मा सेन्सर पनि जोडिएको हुन्छ । यसै सेन्सरमा जबर्जस्तीको छुवाई वा मायाले छोएको भन्ने थाहा पाउन सक्ने क्षमता हुन्छ । यदि कुनै युवतीको शरीरमा जबर्जस्ति प्रेशर दिईन्छ वा दबाइन्छ तव यो सेन्सरले आफ्नो काम गर्छ । अनि जसले त्यसो गरेको छ उसलाई ३८०० भोल्टको झड्का दिन्छ । यति मात्र हैन यसले युवतीको आफन्त तथा पुलिस स्टेशनमा एसएमएस समेत पठाउछ । यस्तो खालको ‘ब्रा’ले बच्चा बोक्दा वा प्रेमसहितको कुनैपनि क्रियाकलापमा कसैलाई कुनै हानी गर्दैन ।

तर, नुहाउँदा वा पानीमा लगाउदा पनि केहि नहुने यो ब्रा ले १ पटकको चार्जमा ८२ पटक सम्म झड्का दिन सक्छ । बलात्कारको आशंकाबाट बचाउनको लागि मल्टीपल सिस्टम यसमा छ, जसको सहारामा उक्त ुब्राु लगाएकी युवतीको इच्छाले पनि झड्का दिन मिल्छ ।

, , ,

news and entertainment