अब सेक्स इन थ्रीडी..! उसो भए यौनकार्यमा पनि चस्मा लगाउनुपर्ने भयो त?

वैशाख ६ गते
‘सेक्स पनि थ्रीडी? त्यस्तो पनि हुन्छ? चलचित्र हो र?

‘उसो भए यौनकार्यमा पनि चस्मा लगाउनुपर्ने भयो त?

‘सेक्स इन थ्री-डी’का सम्बन्धमा सुन्ने धेरैले प्रतिप्रश्न गर्न सक्छन्। वास्तवमै थ्रीडीको पूर्ण रूप, थ्री डाइमेन्सन अर्थात् त्रिआयामिक चलचित्रको रस्वादन गरिसकेका नेपाली वयस्कहरूले इच्छा लागेको खण्डमा कृत्रिम थ्रीडी सेक्सको आनन्द लिन अब अन्यत्र जानुपर्ने छैन। विकसित मुलुकका सेक्स स्टोरहरूमा २०१३ को अन्त्यमा ल्याइएको थ्रीडी सेक्स सामग्री नेपाली बजारमै पाइनेछ। केही दिनमै ती सामग्री यहाँका सेक्स टोयज पसलहरूमा उपलब्ध हुनेछन्।

‘सेक्स टोयजसँग खेल्दा वास्तविक सेक्सको मज्जा आउँदैन।’ सेक्स टोयजका एक प्रयोगकर्ताले पाको, न्युरोडस्थित सेक्स टोयज पसल ‘नाइस एन नटी’ का सञ्चालक प्रवीण ढकालसँग करिब ६ महिनाअघि गुनासो गरे। प्रवीण आफैं पनि भन्छन्- ‘सक्कली जस्तो नक्कली कदापी हुन सक्दैन, तर सेक्स टोयजले नौलो अनुभूतिचाहिँ दिन्छ। त्यसैले यसप्रति नेपालीहरूको अभिरुचि बढिरहेको छ।’

चार वर्षदेखि यो व्यवसाय गरिरहेका ढकालको अनुभवमा यसका

प्रयोगकर्ताहरूको सामान्य गुनासो नै ‘खेलौनाले वास्तविक अनुभव दिन सक्दैन, किनभने खेलौना आखिर खेलौना नै हो,’ भन्ने हुन्छ। महिला तथा पुरुषका नक्कली यौन अंग होस् वा पुरुषहरूका लागि बनाइएको डल होस्, ती सबैमार्फत यौन अनुभव बटुलेका उनका ग्राहकहरूमध्ये केहीले उत्तजेना कायम राख्न र यौनक्रिडामा रोमाञ्चकता बढाउन सेक्स टोयजले पूर्ण सहयोग गर्न नसकेको बताएपछि उनले धेरै हदसम्म वास्तविक अनुभव सँगाल्न सकिने टोयजको खोजी आफ्ना आपूर्तिकर्ताबाट गर्न थाले। ‘झन्डै एक वर्ष लाग्यो थ्रीडी सेक्स टोयजको खोजी गर्न,’ ढकालले बताए। ‘विश्व बजारमै नआएको वस्तु नेपालको बजारमा कसरी आउन सक्थ्यो र?’

इन्टरनेटमा दिनहुँजसो त्यस्ता सामग्रीको खोजी गर्ने क्रममा उनले गत भदौको अन्तिम साता सेक्स टोयजको एउटा वेबसाइटमा थ्रीडी सेक्स टोयजका बारेमा तस्बिरसहितको सामग्री देखे। त्यही वेबसाइटबाट यथेस्ट जानकारी बटुलिसकेपछि ती टोयजका व्यापारीलाई त्यसको आधिकारिक डिस्टब्युटर पत्ता लगाउन धेरै समय लागेन।

संसारमा अत्यधिक चासो भएको विषय भनेकै यौन हो। यौनका बारेमा लेखिएका सामग्री वा यौनसँग सम्बन्धित वस्तुतर्फ धेरैको ध्यानाकर्षण हुन्छ। सेक्स टोयजका प्रयोगकर्ताहरूका बारेमा विकसित मुलुकहरूमा गरिएको एक सर्वेक्षणअनुसार ७० प्रतिशत महिला तथा पुरुषले यसको प्रयोग गरेको पाइएको छ। 
नेपालमा भने सेक्स टोयजको व्यवसाय बिल्कुलै नयाँ हो। यसका प्रयोगकर्ता पनि नयाँ नै छन्। युरोप-अमेरिका गैरहनेहहरूका लागि सेक्स टोयज नौलो कुरा होइन, तर स्वदेशमै रहेका सामान्य व्यक्तिहरूले सेक्सटोयज नीला चलचित्र वा अश्लील साइटमा मात्र देखेका होलान्। यौनका कारण हुने निराशा, यौन रोग, अनावश्यक प्रजनन, असुरक्षित यौन व्यवहार तथा बलात्कारजस्ता अपराधहरूको नियन्त्रणका लागि सेक्स टोयजको प्रयोग सहायक सिद्ध भएको छ। त्यसका साथै यौन आनन्दका लागि कुनै अरू उपाय नभएका अथवा यौनक्रियामा थप आनन्द बटुल्न सेक्स टोयजको प्रयोग हुने गरेको छ। पति-पत्नीबीच यौन क्रिडामा थप आनन्द लिन पनि सेक्स टोयजको प्रयोग सामान्य भैसकेको छ। समलिंगीहरूले समेत सेक्स टोयजको प्रयोग गरेर आफ्नो यौन तृष्णा मेट्ने गरेका छन्।

यी सबैका लागि थ्रीडी सेक्स टोयज थप प्रभावकारी हुने दाबी गर्छन् व्यवसायी ढकाल। त्यसलाई किन थ्रीडी उपमा दिइएको हो? भन्ने जिज्ञासामा उनले भने, ‘पुरुष स्खलित भएपछि यौन क्रिडाबाट आनन्दित भएर बाहिरिन्छ, तर अधिकांश महिला भने चरम चरणमा पुग्न पाएकै हुँदैनन्। त्यसका लागि थ्रीडी टोयज साथी बन्न सक्छन्। पुरुषहरूको हकमा पनि हस्तमैथुन गर्ने बानी परेकाहरूका लागि त थ्रीडी सेक्स वरदान नै सावित हुनेछ। किनभने यी सेक्स टोयजले ८० प्रतिशतभन्दा बढी वास्तविक यौन क्रिडाको आनन्द दिन्छन्। यसको बनोट पनि हरेक कोणबाट वास्तविक लाग्छ। साँच्चै जस्तो लाग्ने थ्रीडी कृत्रिम यौन अंगलाई साइबर स्किनबाट बनाइएको हुन्छ। सिलिकोनकै एउटा उत्कृष्टरूप साइबर स्किनबाट बनाइकाले ती अंगहरू छँुदा साँच्चैका जस्ता लाग्छन्। त्यसैले उत्पादकहरूले यसको नामकरण गर्ने क्रममा यसमा ‘थ्रीडी’ शब्द प्रयोग गरेका होलान्।’

चलनचल्तीमा रहेका सेक्स टोयजहरू भाइब्रेटर, डिल्डो, मास्टरब्रेटरका विभिन्न भर्सनमा अहिले थ्रीडी सेक्स टोयज पनि थपिएपछि नेपालमा यसका प्रयोगकर्ताहरू बढ्ने कुरामा नाइस एन नटीका सञ्चालक ढकाल विश्वस्त छन्। विशेषगरी आधिकारिक वेबसाइट नाइसएननटी डटकम डट एनपीमार्फत अनलाइन खरिद गर्नेहरूको संख्या बढी भए पनि शोरुममै गएर खरिद गर्नेहरू पनि निकै छन्। अब उनीहरूको च्वाइस थ्रीडी सेक्स टोयज हुनसक्छ।

यस्ता छन् थ्रीडी सेक्स टोयज

थ्रीडी मास्टरब्रेटर

पुरुषहरूका लागि निर्मित यो एक कृत्रिम योनि हो। नरम साइबर स्किनबाट बनाइएको यो सेक्स टोयज स्वचालित तथा ब्याट्रीबाट चल्ने गरी दुई किसिमको छ। यसबाट पुरुषले हरेक पोजिसनबाट यौन आनन्द लिन सक्छ।

थ्रीडी भाइब्रेटर

महिलाका लागि बनाइएको यो कृत्रिम साधन पुरुष लिंगको आकारमा हुन्छ। साइबर स्किनबाट बनाइएकाले यसले अरू भाइब्रेटरले भन्दा बढी वास्तविकताको अनुभूति दिन्छ। यसलाई विभिन्न किसिमको भाइब्रेटिङ मोडमा लगेर आनन्द  लिन सकिन्छ।

थ्रीडी डिल्डो

महिलाका लागि बनाइएको यो साधन पुरुषको लिंगझैं देखिन्छ। यसलाई कुनै पनि स्थानमा टाँसेर महिलाले प्रयोग गर्न सक्छन्।

त्यसका साथै मुखमैथुनको आनन्द दिने साधनलाई पनि थ्रीडी सेक्स टोयज नै भनिएको छ, जसमा महिलाहरूका लागि ‘टङ भाइब्रेटर’ र पुरुषका लागि ’ओरल सेक्स लभर’ नामका सेक्स टोयज नेपाल भित्रिसकेको ढकालले बताए।

लस भेगासमा वयस्क मेला

प्रविधिको विकाससँगै थरीथरीका सेक्स टोयज बजारमा आइरहेका छन्। विश्वभरमा सेक्स टोयजको कुल कारोबार १५ बिलियन डलरबराबरको छ जुन बर्सेनि ३० प्रतिशतको दरले बढ्दो छ। त्यसो त विश्वमा चीनले 
मात्र सेक्स टोयजको बजारमा ७० प्रतिशत हिस्सा ओगटेको छ। यसै मेसोमा अमेरिकाको लस भेगासमा हालै ‘एडल्ट इन्टरटेनमेन्ट एक्स्पो’ सम्पन्न भयो। यौनजन्य सामग्रीलाई बढाव दिने उद्देश्यले आयोजित एक्स्पो अघिल्लो बुधबारदेखि शनिबारसम्म चलेको थियो। एक्स्पोमा त्यस्ता सेक्स टोयज राखिएका थिए, जुन यो अंग्रेजी वर्षको अन्त्यतिर बजारमा आउने बताइन्छ। यसलाई भविष्यको सेक्स टोयज पनि भनिएको छ।

यौन दुर्वलता भएकाहरूका निम्ति यो एक्स्पोले नयाँ ऊर्जा प्रदान गरेको समाचारमा उल्लेख छ। एक्स्पोमा यौन र यौनसँग सम्बन्धित सामग्रीहरू अवलोकन गर्न सकिन्थ्यो। सुन्दर युवतीको स्वरूपमा तयार गरिएका सेक्स टोयजले धेरैको ध्यान खिचेको थियो। ती सेक्स टोयजले प्रयोगकर्तालाई सन्तुष्टि मात्र नभई, वास्तविक युवतीसँग सहवास गरेको महसुस गराउने दाबी गरिएको छ। ‘माया लिटिल पोनी’ कम्पनीको उक्त उत्पादन निकै रुचाइएको थियो। त्यस्तै, आफ्ना पत्नीबाट सन्तुष्टि लिन नसकेका पुरुषहरूका निम्ति ‘हाइड्रोम्याक्स’ नामक सेक्स टोयजले उत्तेजना र सन्तुष्टि दुवै दिने त्यसका उत्पादकको दाबी छ।

, ,

news and entertainment