प्रहरीको काम प्रेमीप्रेमिकाको मुद्दा मिलाउँदै ठिक्क!

गौशाला, जेष्ठ १५ - दैनिक चार/पाँच वटा प्रेम विवादका मुद्दा मिलाउनु परेको कारण जिल्ला प्रहरी कार्यालय महोत्तरीको कामकाज प्रभावित हुन थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका अधिकारी प्रत्येकदिन बिहानदेखि बेलुकासम्म प्रेम विवादका मुद्दा मिलाउनमा व्यस्त रहने गरेका कारण यहाँको कामकाज प्रभावित हुने गरेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

महोत्तरीमा अहिले दैनिक छ/सात जोडी केटाकेटी भाग्ने गरेको पाइएको छ भने तीमध्ये अभिभावकले पक्राउ गर्न सफल भएका चार÷पाँच जनाको मुद्दा प्रहरीले दैनिकरुपमा मिलाउनु परेको छ ।
divorce
यस्ता मुद्दा मिलाउन भ्याइनभ्याइ हुँदा आफ्नो साङ्गठनिक कामकाजदेखि जिल्लाको शान्ति सुरक्षाको कामकाजसमेत प्रभावित हुन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातदिन केटाकेटी भाग्ने क्रम बढेपछि जिल्लामा शान्ति सुरक्षा कायम गर्नुको साटो दैनिक रुपमा आधा दर्जनभन्दा बढी प्रेम विवादका मुद्दा मिलाउनैमा व्यस्त रहनुपरेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।

प्रेम गरी घर छाडेर भागेका किशोरकिशोरीबारे छिनोफानो गर्न–गराउन दैनिक रुपमा जिल्ला प्रहरी कार्यालयमा अहिले भगाउने र भाग्ने भन्दै उजुरी परेका किशोरकिशोरीका आफन्तहरु व्यक्ति छुटाउन र प्रमाण जुटाउन भेला हुने गरेका छन् भने पक्ष विपक्षले दलका नेताहरु समेत बोकेर आउने गरेका छन् ।

राजीखुसीले केटाकेटी दुवै भागेको भएपनि प्रेम विवाहका सबै मुद्दामा अभिभावकले छोरी अपहरण गरेको भन्दै उजुरी दिने गरेको कारण प्रहरीले धेरैलाई अभिभावकको जिम्मा लगाई पठाउने गरेको र केहीलाई प्रेम विवाह गराई उनीहरुलाई राजीखुसीले घरबाससमेत गराउने गरेको छ ।

महोत्तरीका ७६ गाविस र एक जलेश्वर नगरपालिकाबाट विगत एक सातामा मात्रै तीन दर्जनभन्दा बढी केटाकेटी प्रेम विवाह गरी भागेका छन् ।

                                                        भिडियो हेर्नका लागि तलको बक्समा क्लिक गर्नुहोस

,

news and entertainment