बढी बोलेको’ भन्दै रमेश खरेललाई कारवाहीको तयारी

काठमाडौं, जेठ ११ – मिडियामा निकै बोल्ड अभिव्यक्ति दिएका कारण चर्चामा आइरहने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश खरेल आफ्नै अभिव्यक्तिका कारण कारवाहीमा पर्ने भएका छन् । एसएसपी खरेलले शनिवार एक कार्यक्रममा केही डीआइजीहरु पैसाको ब्रिफकेश बोकेर एआइजीमा बढुवा हुनका लागि नेता र मन्त्रीको घरमा धाइरहेको बताए पछि उनी विवादमा तानिएका हुन् । प्रहरी मुख्यालयका अनुसार छानबिनका लागि डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
संचारमाध्यम सँग कुरा गर्दै शर्माले आफूले छानबिन न्यायपूर्ण ढंगले बताए । ‘कसैप्रति पुर्वाग्रह नराखी छानविन हुन्छ’ उनले भने ।
यसअघि गृहमन्त्रीको निवासमा गएर चाकडी नगर्ने बताएपछि गृहमन्त्री बामदेव गौतमसँग उनको सम्बन्ध चिसिएको थियो । तर गृहमन्त्रीका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले भने यो नितान्त प्रहरीको आन्तरिक छानबिन भएको र यसमा मन्त्रालयको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् ।

,

news and entertainment