गोठालो गएकी बालिकालाई अपहरण गरी बलात्कार
नुवाकोट, जेठ ११– गोठालो गएकी नुवाकोटकी एक बालिका अपहरणपछि बलात्कारको सिकार बनेकी छिन् । उर्लेनी गाविस वडा नं. ६ कि विनिता तामाङ (नाम परिवर्तन) लाई छिमेकी गाविसका एक युवाले सात घण्टासम्म नियन्त्रणमा लिएर बलात्कार गरेका हुन् ।
छिमेकी गाविस रालुकादेवी–९ का १८ वर्षका युवा लक्ष्मण गुरुङले गएको मंगलबार बालिकालाई गोठालोमा एक्लै भएको मौका छोपी अपहरण गरेर जवर्जस्ती करणी गरेका थिए । बालिकाकी बाबु सुर्यमानको जाहेरीको आधारमा शनिवार दोशी युवालाई पक्राउ गरी हिजो आइतवार नै जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटमा मुद्धा दायर गरेको छ । दुईसयभन्दा बढी गाउँलेहरु जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरीलाई मुद्धा चलाउन दवाव दिएका थिए । घरदेखि टाढा गोठमा रहेका वस्तुभाउ चराएर साँझ ५ बजे घर फर्किरहेकी विनितालाई ति युवाले जवर्जस्ती जंगलमा पु¥याएका थिए । रोईकराई गर्न थालेपछि कसैसँग गुहार मागेमा मारिदिन्छु भन्दै रातभर यौन शोषण गरेको पिडित बालिकाले बताईन् ।
गोठालो गएकी आफ्नी छोरी राती अबेरसम्म पनि घर नफर्किएपछि अभिभावकहरुले खोजतलास गर्दा गाउँदेखि निकै टाढा रहेको सुनशान जंगलमा आफ्नी छोरीलाई अर्धचेत अवस्थामा र जवर्जस्ती करणी गरिरहेको अवस्थामा ति युवालाई रंगेहात फेला पारेका थिए ।
रामहरि गजुरेल
