मल्लिकाको छाडा पोस्टरले बलिउडमा हँङगामा
शुक्रबार, जेठ १६, २०७१
एजेन्सी । बलिउड अभिनेत्र मल्लिका सहरावत पुन विवादमा परेकि छिन् । यस पटक विवादको कारण उनको कुनै टिप्पणी नभएर उनको फिल्म ‘डर्टी पोलिटिक्स’ को एक पोस्टर हो । हालै जारी गरिएको यस फिल्मको पोस्टरमा मल्लिका सहरावतले भारतको राष्ट्रिय झन्डा आफ्नो शरिर वरिपरि वेरेकि छिन् । केहि राजनीतिक दलहरुका कार्यकर्ताहरुलाई यस कुरालाई पचाउन गाह्रो परेको छ । उनिहरुले समस्या दर्साउदै तुरुन्त फिल्मिवाट सो सीन हटाउन माग गरेका छन् ।
फिल्मका डायरेक्टर के सी बोकाडियाले राजस्थानका केहि राजनीतिक दलका कार्यकर्ता उनि माथि झन्डाको ठाँउमा अरु कुनै रंगको कपडाको प्रयोग गर्न दवाव दिरहेको जानकारि दिए । फिल्मि ‘डर्टी पोलिटिक्स’ राजस्थानको राजनीतिक वृत्तमा तूफान ल्याउने वाला चर्चित भन्वरी देवी मर्डर केसमा आधारित रहेको वताइएको छ ।
पछिल्लो दिनमा फिल्मको एउटा अत्यन्तै साहसी पोस्टर जारी गरिएको छ । पोस्टर हातमा एक सीडी लिएर मल्लिका रातो बत्ती भएको ऐम्बेसडर कारमा बसेकि छिन् र उनले शरिरमा झन्डा बाधेकि छिन् । साइडमा राजस्थानको विधानसभा भवन देखिएको छ । फिल्मको निर्माता बोकाडियाका अनुसार फिल्मको पहिलो दृश्य निकै उत्तेजक छ तर उनले राष्ट्रीय झन्डाको अपमान भने गरेका छैन्न ।
उनले भने, ‘जुन कपडा मल्लिकाले आफ्नो शरिरमा भिरेकि छिन् त्यसमा अशोक चक्र छैन । यसले राष्ट्रीय झन्डासँग कुनै सम्बन्ध राख्दैन । यो एक साधारण कपड़ा हो, जुन तीन रंग वाट वनेको छ ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >