सोधपुछ’ भन्दै खरेल मुख्यालय तानिए
काठमाडौं, जेठ १७ – निर्वाचन आयोगले आचारसंहिताविपरीत भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवालाई सहमति नदिएका बेला मुख्यालयले भने उनलाई सोधपुछका लागि भन्दै तोको छ । एक साताअघि सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै गृह मन्त्रालयले उनलाई सरुवा गर्ने प्रयास गरेको थियो ।
निर्वाचन आयोगले सहमति नदिने सुइँको पाएपछि प्रहरी मुख्यालयले शुक्रबार बिहान उनलाई ‘सोधपुछ’ का लागि तान्ने निर्णय गरेको थियो । उनले दिउको अभिव्यक्तिबारे छानबिन गर्न मुख्यालयले डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्यही समितिलाई बिहान निर्णय गर्न लगाएर खरेललाई सोधपुछका लागि मुख्यालय तान्ने निर्णय गरेको हो । बिहान ११ बजे प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालसहित डीआइजीहरुको बैठकले खरेललाई सरुवा नगर्दा ‘चेन अफ कमाण्ड’ बिथोलिने भन्दै उनलाई सोधपुछका लागि तान्ने निर्णय गरेको थियो,’ आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
ratopati भिडियो हेर्न तल क्लिक गर्नुहोस्: