पर्यटन भिसामा आएर नेपालमा रोजगारी
१७ जेठ, काठमाडौं । नेपालका विद्यार्थीलाई पारदर्शिता, समानता र लोकतन्त्र सिकाउन आएको फिनल्यान्डको एक संस्थाका सल्लाहकार नेपालमा बसेर गैरकानुनी रुपमा काम गर्दे आएका छन् । फिनल्यान्डको नेपालस्थित संस्था डेमो फिनल्यान्डका कार्यक्रम सल्लाहकार सम्पो भिलानेनले पर्यटक भिसामा नेपाल आएर विज्ञका रुपमा काम गरेका हुन् ।
निश्चित अवधिका लागि पर्यटन भिसामा आएका भिलानेनले नेपालस्थित डेमो फिनल्यान्डको कार्यक्रमको सल्लाहकार तथा पारदर्शिताको विज्ञका रुपमा विद्यार्थी संगठनहरुलाई कक्षा दिने गरेका छन् । उनले पारदर्शिता विज्ञका रुपमा लोकतन्त्रको पाठ पढाउँदै हिँडेका छन् । तर, नेपालमा पर्यटन भिसामा आएको विदेशीले विज्ञका रुपमा काम गर्न नपाउने व्यवस्था रहेको नयाँ पत्रिकामा खबर छ ।
भिलानेन सुरुमा १ सय ५० दिनको पर्यटक भिसामा नेपाल आएको स्रोतले बतायो । भिसाको समय सकिएपछि भिसा थप्न कहिले श्रीलंका र कहिले थाइल्यान्ड गएर र्फकने गरेका छन् । अध्यागमन विभाग स्रोतका अनुसार उनी विगत नौ महिनामा २ पटक श्रीलंका र एक पटक थाइल्यान्ड गएर फर्किएका छन् ।
पहिलो संविधानसभा निर्वाचन पछि युवा विद्यार्थीलाई प्रजातन्त्र र पारदर्शिताबारे सिकाउन भन्दै डेमो फिनल्यान्ड नेपालमा आएको थियो ।