जेष्ठ ११,काठमाडौं । शनिबार विवाह बन्धनमा बाँधिएका महानायक राजेश हमालले जुत्ता लुकाउने सालीलाई बढी रकम दिन परेको खुलेको छ ।
लामो समयको अफेयरपछि प्रेमिका मधु भट्टराईसँग विवाह सम्पन्न गरेका हमालले पत्रकारहरुसँग कुरा गर्दै जुत्ताको मूल्य महँगो परेको खुलाएका हुन् ।
‘अभिनयको विवाह र वास्तविक विवाहमा के फरक पाउनु भो ?’ भन्ने पत्रकारको प्रश्नमा हमालले ‘प्रक्रियामा खासै फरक नभएको’ बताए । त्यसै प्रसंगमा वास्तविक विहेमा जुत्ता लुकाउने कुरा फरक भएको चर्चा चलेको थियो ।
चर्चाकै बीचमा ‘जुत्ता लुकाउने सालीलाई कति रकम दिनु भयो ?’ भन्ने प्रश्नमा हमालले ‘अनगिन्ती रकम’ दिएको बताए । उनले भने, ‘जुत्ताको पैसा दिन भर्खर एक किस्ता सक्किएको छ, बाँकी उधारो ।’
उनले सालीलाई दिएको रकम भने खोल्न चाहेनन् । त्यस्तै जुत्ता लुकाउने सालीले पनि अनगिन्ती रकम पाएको प्रतिक्रिया दिइन् ।
यसरी तिरे महानायकले जुत्ताको मुल्य सालीलाई .......
news and entertainment
