सुनको भाउ सस्तियो

जेष्ठ १६ काठमाडौं । अन्र्तराष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाली बजारमा सुनको मुल्य सस्तिएको छ ।

डलर अरालो लाग्नु र भारतीय रुपैयाँ बलियो हुनुले सुनको मुल्यमा कमी आएको हो । जेठ महिनामा विवाहको लगन त्यति नहुनुले मुल्यसँगै माग पनि घटेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताएका छन् ।

नेपाली बजारमा अहिले सुन प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यो यसवर्षकै सवैभन्दा सस्तो मुल्य रहेको महासंघले जनाएको छ । सुनको मुल्यमा गिरावट आएपनि विक्री भने बढ्न नसकेको शाक्यले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment