रमेश खरेलबारे आयोगले आज फैशला गर्ने
काठमाडौँ, १६ जेठ । काठमाडौँ प्रहरी प्रमुख रमेश खरेलको सरुवा गर्न गृहमन्त्रालयले मागेको स्वीकृतिबारे निर्वाचन आयोगको पूर्ण बैठकमा आज छलफल हुँदैछ । आयोगको कार्यालयमा दिउँसो बस्ने बैठकमा गृह मन्त्रालयले पेश गरेको कागजात अध्ययन गरेर निर्णय लिइने एक आयुक्तले नेपालपाटी डट कमलाई जानकारी दिए ।
खरेलको तत्काल सरुवा नगरे उपनिर्वाचन प्रभाविक हुने जिकीर गर्दै गृहले सरुवाको लागि निर्वाचन आयोगसंग स्वीकृति मागेको छ । पैसा बोकेर शक्ति केन्द्र धाउनेहरुको प्रहरीमा बढुवा भएको अभिव्यक्ति दिएपछि खरेल विवादमा तानिएका हुन ।
खरेलमाथि छानविन गर्न प्रहरीले उच्चस्तरीय छानविन समिति नै बनाएको छ । समितिले प्रतिवेदन दिएपछि खरेलमाथि निर्णय हुने प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए ।

