मम्मी मलाई यो लाइफ साह्रै भारी भयो’

जेठ १७ टोकियो । जापानमा रुखमा झुण्डिएर आत्महत्या गर्ने नेपाली विद्यार्थी भक्तपुर घर भएका रविन घेमोसु रहेको खुलेको छ ।

उनले आफ्नो फेसबुकमा आत्महत्याको संकेत स्वरुप एक स्टाटटस पोष्ट गर्दे आत्महत्या गर्ने निर्णय गरेको बुझिएको छ ।

उनले आत्महत्याको एक महिनाअघि आफ्नी आमालाई सम्झदै फेसबुकमा लेखेका थिए, ‘मम्मी मलाई यो लाइफ साह्रै भारी भयो ।’ उनले फेसबुकमा लेखेको स्टाटसको रुपमा यही अन्तिम बन्नुलाई आत्महत्याको संकेत स्वरुप सो स्टाटस पोष्ट भएको बुझिन्छ ।


जापानको ताचिकावा नजिकबाट अप्रिल ३० को बिहान ७ बजे पोष्ट भएको स्टाटसमा उनका साथी कृष्णप्रसाद चौस्याकीले तत्काल कमेन्टमार्फत ‘के भो ?’ भनेर सोधेका छन् । तर उनको प्रश्नको रविनले कुनै उत्तर दिएनन् । अन्ततः एक महिनापछि मे ३० मा उनले आत्महत्या गरे ।

त्यस्तै उनको फेसबुकका अन्य पोष्ट भएका र सेयर गरिएका पोष्टहरु लगातार आमालाई सम्बोधन गर्दै राखिएका छन् । आमाको मुख हेर्ने दिन ३० अप्रिलमा  उनले प्रेम संकेत गर्ने तस्वीर राख्दै ‘आमा म तिमीलाई धेरैधेरै माया गर्छु’ भनेर मातातीर्थ औंशीको शुभकामना दिएका थिए ।

रविनले पश्चिम टोकियोस्थित फुस्सामा रुखमा झुण्डिएर आत्माहत्या गरेका हुन् । करिब तीन वर्ष अगाडि पढ्न जापान  आएका सेन्मोन आईटी दोश्रो बर्ष अध्ययन गरिरहेका रविनले जापानी भाषा अध्ययन निक्यु परिक्षा दिने तयारी गरेको समेत उनका साथीले बताएका छन् । एक सामुदायिक खेल मैदान नजिकै रहेको जंगलको रुखमा झुण्डिएर आत्महत्या गरेका बताइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment