हप्तादिन भित्र नयाँ जहाँज नउडाए नेवानीलाई कारबाही

१७ जेठ, काठमाडौं ।
चिनियाँ एमए ६० विमान खरिद गर्दा अनियमतिता भएको आरोपको चित्तबुझ्दो रूपमा खण्डन गर्न नसकी सो विमान एक हप्ताभित्र उडाउने वातावरण नगरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अगाडि बढाउने सम्बद्ध पक्षहरूलाई चेतावनी दिएको छ ।

अख्तियारले पर्यटन मन्त्रालयका निमित्त सचिव रञ्जनकृष्ण अर्याल, नागरिक उड्डयन प्राधिकरण ९क्यान० का उपमहानिर्देशक सञ्जीव गौतम र नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेललाई शुक्रबार डाकी विमान खरिद गर्दा अनियमितता भएको आरोपको खण्डन नगरी एक साताभित्र विमान नउडाएमा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

विकास भट्टराईले नयाँ पत्रिकामा विमान सम्बन्धी सत्य–तथ्य कुरा प्रकाशित भएपछि भ्रष्टाचार निर्मूल गर्ने प्रतिबद्धताका साथ बहाली हुनुभएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले तत्कालै कारबाही अगाडि बढाउन आपूm मातहतका कर्मचारीहरूलाई आदेश गर्नुभएको बुझिएको छ ।

यस सम्बन्धमा अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले सम्बन्धित पक्षले यथाशक्य चाँडो आरोपको चित्त बुझ्दो जवाफ दिने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिँदै प्रतिबद्धता पूरा नगरे कडा कारबाही अगाडि बढाउने नेपाल समाचारपत्रसँग बताउनुभयो ।

गत वैशाख १४ गते नेपाल ल्याइएको चीनमा निर्मित एमए ६० विमान कुनै पनि देशमा दर्ता नभएको पाइएपछि हवाई विभागले उक्त विमानलाई अहिलेसम्म पनि उडान अनुमति दिएको छैन ।
विमान नउडाउनुको रहस्य बाहिरिएपछि भ्रष्टाचारको छानविन गरी कारबाही गर्न तयार रहेको अख्तियारले निमित्त सचिव अर्याल, क्यानका गौतम र निगमका खरेललाई डाकी सोधपुछ गरेको हो ।

अख्तियारका प्रवक्ता सापकोटाले भन्नुभयो— ‘हामीले तीन निकायका प्रमुखहरुलाई डाकेर सोधपुछ गरेका छौं । उहाँहरुले चित्तबुझ्दो रूपमा संयुक्त विज्ञप्ति निकाल्ने हुनुभएको छ ।
यसलाई नजरअन्दाज गरे थप कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’

मन्त्रालयका निमित्त सचिव अर्याल, क्यानका उपमहानिर्देशक गौतम र निगमका महापबन्धक खरेलले एक साताभित्र विमान उडाउने भनी वचन दिनुभएको भए तापनि विमान दर्ताको कठिन प्राविधिक पक्षलाई हेर्दा भने समस्या सुल्झाउन सजिलो नहुने बताइएको छ ।

हवाई विभागका महानिर्देशक रतिशलालचन्द्र सुमनले निगमले ल्याएको सो विमान कुनै पनि देशमा दर्ता नभएको स्वीकार गरिसक्नुभएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment