जन्ती गएकाहरु नै मलामी बन्नुपर्दा…

सोलुखुम्बु, जेठ १७ – छोराको विवाहमा जन्ती गएका बेहुलाका बाबुको बेहुलीको घरमा पुग्नुभन्दा १० मिनेटअघि हृदयघातका कारण मृत्यु भएपछि विवाह नै रद्द गरिएको छ ।
पञ्चन–५ सोलुखुम्बुबाट शुक्रबार छोरा डोलराज कार्कीको विवाहको जन्ती लिएर पावै– ७ सोलुखुम्बुका भक्तबहादुर बस्नेतको घरमा जाँदै गर्दा बेहुलाका बाबु अक्कलबहादुर कार्की मुर्छा परी ढलेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ्मा लगिएकोमा राति ८ बजे मृत घोषित गरिएको इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले जानकारी दिनुभयो ।
उनको हृदयघातका कारण मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
बेहुलाका बाबुको मृत्यु भएपछि विवाह कार्यक्रम नै रद्द गरिएको छ । पञ्चन– ५ सोलुखुम्बुका डोलराज कार्की र पावै–७ की देवीकुमारी बस्नेतबीच विवाह हुन लागेको थियो । बेहुलाका बाबुको मृत्यु भएपछि जन्ती गएकाहरु मलामीमा परिणत भएर अन्तिम संस्कारका लागि गएका सोलुखुम्बु विकास समाज सोताङ्का कर्मचरी सुशील बस्नेतले जानकारी दिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

news and entertainment