सामूहिक बलात्कारमा संलगनमध्ये दुई जना पक्राउ

दमक, १६ जेठ । बलात्कारको अभियोगमा बिहीबार प्रहरीले झापाको तोपगाछीबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तोपगाछी–७ का सुरज ढकाल र विशाल गिरी रहेका छन् । गत जेठ ४ गते तोपगाछीकी एक बालिकालाई सामूहिक रूपमा बलात्कार गरिएको उजुरीका आधारमा ती दुई युवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीले घटनाका अन्य फरार आरोपीलाई खोजी कार्य तीव्र पारेको छ । सो घटनामा संलग्न अन्य छजनाभन्दा बढी अझै फरार रहेका छन् ।
सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक सन्तुलाल जयसवालले जानकारी दिनुभयो । भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

news and entertainment