अश्लिल चलचित्र हेर्दा यस्ता घाटा
आजभोलि सबैको हातमा स्मार्ट फोन छन् । अधिकाँशले त इन्टरनेटको प्रयोग मोबाइलबाटै गर्छन् । र अश्लिल तस्विर वा भिडियो हेर्न आजकल कुनै कठिनाइ झेलिरहनु पर्दैन ।नेपालमा कतिपय पोर्न साइटहरुमा प्रतिबन्द लगाइएको भएपनि नयाँ नयाँ साइटहरुमा युवा पुस्ताको पहुँछ छ र धेरैले यस्ता साइट भिजिट गर्छन् ।
तर अश्लिल चलचित्र र तस्विरले मानव जीवनमा निक्कै धेरै नोकसानी पुर्याइरहेको एक अध्यनले देखाएको छ ।
बलात्कारका घटनामा वृद्धिः
नेपालमा बलात्कारका घटना बढिरहेका छन् । यस्ता घटना बढ्नुको पछाडी अश्लिल सामग्रीहरुको भूमिका महत्वपूर्ण मानिएको छ । कतिपय ब्यक्तिले यस्ता चलचित्र वा समग्रीबाटै सन्तुष्टी लिने भएपनि धेरैलाई भने यस्ले थप उत्तेजित तुल्याउने र अभद्र ब्यवहार गर्न उक्साउने काम गर्छ ।
सामान्यरुपमा हेर्दा त अश्लिल चलचित्र वा तस्विर विवाहित जोडीलाई लाभदायक नै छन् जस्तो लाग्छ । उनीहरुलाई उत्तेजनामा ल्याउन यी सामग्री उपयोगी हुने ठानिन्छ । तर अश्लिल चलचित्रको लत लागेको ब्यक्तिले बैबाहिक जीवनमा कम सन्तुष्टी महसुस गर्ने र अभद्र ब्यवहार देखाउने खतरा हुन्छ ।
कतिपय ब्यक्तिले अश्लिल चलचित्रमा देखाइएका अतिरञ्जित यौन ब्यवहारलाई आफ्नै पत्नि वा प्रेमिकासँग प्रयोग गर्न खोज्छन् यसले उनीहरुबीच असन्तुष्टी बढाउँछ ।प्रेममा समेत कमिः
पटक पटक अश्लिल भिडियो हेर्ने ब्यक्तिलाई यसको लतको शिकार हुन्छन् । कतिपयलाई वास्तविक यौन सम्बन्ध राख्नु भन्दा यो हेर्दा बढी सन्तुष्टी हुने समेत देखिएको छ । अनि पार्टनरलाई केवल यौन सन्तुष्टीको साधनकोरुपमा लिने मानसिकता पनि खतरनाकरुपमा विकाश हुनसक्छ ।
शरीरको स्वभाविक गुण हराउन सक्छः
यदि तपाइँ आफूलाई उत्तेजित पार्न अश्लिल चलचित्र वा अन्य सामग्रीको सहारा लिनु हुन्छ भने तपाइँको शरीरको स्वभाविक गुण समेह ह्रास हुने खतरा हुन्छ । यस्तो पनि अवस्था आउन सक्छ कि अश्लिल चलचित्र नहेरी उत्तेजना नै नआउने ।
विवाहेत्तर सम्बन्धमा वृद्धिः
अश्लिल सामग्रीको लत लागेपछि मानिसहरु यौन सन्तुष्टीका लागि भड्किन्छन् । र विवाहित पुरुष वा महिलामा यस्को लत छ भने विवाहेत्तर सम्बन्धमा वृद्धि हुने खतरा हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

