तरुनी सँग रात विताउँदा यार्सा बेचेको ८ लाख गायव
काठमाडौं । लुटपाटमा संलग्न भएको आरोपमा सोलखुम्बुकी ३१ वर्षीया निरु शेर्पालाई प्रहरीले छ लाख २० हजारसहित पक्राउ गरेको छ ।
दार्चुलाका स्थायी निवासी प्रेमसिंह बुढाथोकीलाई सुन्धाराको सेती महाकाली गेष्ट हाउसमा शेर्पालगायतले क्यान जुसमा नशालु औषधि मिसाई खुवाएर आठ लाख लुटेको प्रहरी अपराध अनुसन्धान महाशाखाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
शेर्पा गत जेठ ७ गते बुढाथोकीसँगै राति सुतेको र सोही मौका पारी यार्सागुम्बा बेचेर आएको आठ लाख लुटेको महाशाखाका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले बताए । उजुरी लगत्तै प्रहरी नायब उपरीक्षक अधिकारी नेतृत्वको टोलीले अनुसन्धानपछि लुटपाटमा संलग्न शेर्पालाई ठूलो भर्याङबाट पक्राउ गरेको र अन्य दुई जनाको बाँकी रकमसहित खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
