माघ पहिलो साता नयाँ संविधान –सिंह

 १६ जेठ, चितवन । उप–प्रधानमन्त्री प्रकाशमान सिंहले कार्यतालिकाअनुरुप संविधान लेखन प्रक्रिया अघि बढिरहेकाले आगामी माघ ८ गते नै संविधान जारी हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय विकासमन्त्री सिंहले संविधानसभाभन्दा बाहिर रहेका दलको सुझावलाई पनि समेट्दै निर्धारित समयममै संविधान जारी हुने दावी गरेका हुन् ।
काँग्रेस महामन्त्रीसमेत रहेका सिंहले पार्टीका सभापति सुशील कोइरालाले नेतृत्व गरेको सरकार भए पनि सबै दलका सुझाव र भावनालाई समेटेर अघि बढेकाले एमालेले असन्तुष्टि जनाउनुपर्ने कारण नभएको स्पष्ट पारे । उनले २६ सभासद् मनोनयन तथा राजनीतिक नियुक्तिदेखि सरकार सञ्चालनका हरेक काममा एमालेसँग छलफल भइरहेको बताए । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment