अश्लील फोटो खिचेर ब्ल्याकमेलिङ गर्ने बैंकमा मेनेजर पक्राउ

बैंकमा आएकी एक ग्राहकसँग नजिकिएर गोप्य भिडियो खिची एक मेनेजरले ब्ल्याकमेलिङ गरेका छन्।
नेपाल बैंक लिमिटेड रावविराज शाखाका प्रवन्धक दीपकुमार दासले एक स्थानीय युवतीलाई ब्ल्याकमेलिङ गरेका हुन्। दासलाई प्रहरीले केहीदिन अघि पक्राउ गरी थुनामा राखेको छ। प्रहरीका अनुसार बैंकमा आएकी युवतीसँग नजिकिएर दासले प्रेमको नाटक गरेका थिए।
एक सन्तानका बाबुसमेत रहेका दासले आफू अविबाहित भएको भन्दै युवतीलाई झुक्याएर शारीरिक सम्बन्धसमेत राखेका थिए। दासको वास्तविकता थाहा पाएपछि युवतीले सम्बन्ध तोड्न खोज्दा गोप्य रुपमा खिचिएका फोटो देखाएर उनले ब्ल्याकमेलिङ गर्न थालेको अनुसन्धानमा आवद्द प्रहरीले बताएका छन्।
युवतीले एक पुरुषसँग बिहे गर्न खोज्दा किस गरिहेको तथा अन्य गोप्य तस्बिर फेसबुक र इमलेलमा पठाएर दासले ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ। तर युवतीले बिहे गर्दा पनि ब्ल्याकमेलिङ गर्न नछाडेपछि उनीहरु प्रहरी समक्ष पुगेका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ

,

news and entertainment