एक करोड ठगीको आरोपमा निर्देशक बद्री अधिकारी पक्राउ
झण्डै एक करोड रुपैयाँ ठगी गरेको आरोपमा फिल्म निर्देशक बद्री अधिकारी पक्राउ परेका छन्। फिल्म बनाउने भन्दै दुई महिलाबाट ९६ लाख रुपैयाँ ठगेको आरोपमा शुक्रबार उनी पक्राउ परेका हुन्।
हिराकुमारी तामाङ र मीनाकुमारी भण्डारीको उजुरीको आधारमा महानगरीय प्रहरी वृत बौद्धले उनलाई भाइ गोविन्दसहित पक्राउ गरेको हो। उनीहरुमाथि तामाङसँग ३९ र भण्डारीसँग ५७ लाख रुपैयाँ ठगी गरेको अभियोग छ। अधिकारीले निर्देशन गरेको ज्यान हाजिर छ नामक फिल्म बनाउन भन्दै उनीहरुले तामाङ र भण्डारीसँग पैसा लिएका थिए। पैसा फिर्ता माग्दा चेक दिएकोमा बाउन्स भएको पीडितले जनाएका छन्। नयाँ पत्रिका दैनिकमा खबर छ ।
