१३ वर्षीया बालिकाले सगरमाथा चढेर बनाइन् नयाँ रेकर्ड

काठमाडौं, जेठ ११–भारत आन्ध्र प्रदेशकी मालवथ पुर्णा सगरमाथाको आरोहण गर्ने सबैभन्दा कान्छी आरोही बनेकी छन् ।
उनले सबैभन्दा कम उमेरमा सगरमाथा चढने महिलाको रेकर्ड तोडेकी छन् । १३ वर्षीया पुर्णाले आइतबार विश्वको सर्वोच्च शिखर चुमेकी हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्णालाई यसका लागि बधाई दिएका छन् । उनले टवीट गर्र्दै भनेका छन, ‘यो खबर पढेर मलाई बहुत खुशी लाग्यो । हाम्रा युवालाई बधाई । हामीलाई उनीहरुमाथि गर्व छ ।
पुर्णाका साथ आन्ध्र प्रदेशका खम्मम जिल्लाकी कक्षा ९ की छात्रा १६ वर्षीय साधनापल्ली आनन्द पनि थिईन । आइतबार विहान दुबैले यो सफलता हासील गरेका हुन ।
पुर्णा र आनन्द दुबै आन्ध्रप्रदेश समाज कल्याण शैक्षिक संस्थाका छात्रा हुन । दुबै ५२ दिनको लामो यात्रापछि सगरमाथा चढन सफल भएका हुन । त्यस दौरान पुर्णा एभरेस्टमा चढने सबैभन्दा कम उमेरकी महिला बनीन । पुर्णा र साधनापल्लीलाई साहसीक खेलमा रुची राख्ने १ सय ५० बच्चाबाट छनौट गरिएको थियो ।

,

news and entertainment