भका भक डन समातिन थाले !! ‘चरी’ का सहयोगी ‘डार्लिङ’ पक्राउ

४ भदौ, काठमाडौं । साउन २१ मा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रमुख सहयोगी ‘डार्लिङ’ उपनामका अजयकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोगमा प्रहरीको खोजीको सूचीमा रहेका मकवानपुरको चुरियामाई गाविस-२ निवासी ‘डार्लिङ’ एक वर्ष अघिदेखि फरार थिए ।Darling
डार्लिङले ०७० पुस १४ गते राति काठमाडौंको बनस्थली पार्टी प्यालेसमा अर्का गुण्डा नाइके राधे उपनामका राधाकृष्ण्ण भण्डारीलाई खुकुरी प्रहार गरेपछि प्रहरीले उनलाई खोजीरहेको थियो ।
३३ वषर्ीय डार्लिङमाथि ठेकेदारहरुलाई डर धम्की देखाएर कमिशन लिएको तथा आफ्नो पक्षका ठेकेदारलाई टेण्डर पार्न दवाब दिने गरेको अभियोग छ । त्यसैगरी हाउजिङ कम्पनी तथा घर जग्गा कारोवारमा संलग्नहरुसँग हप्तावारी र महिनावारी कमिशन असुलेको दाबी प्रहरीले गरेको छ । प्रहरीबाट मारिएका चरीको नेतृत्वमा डार्लिङसहितले काठमाडौंका रेष्टुरेण्ट र डान्स बारहरुलाई सेयर उपलब्ध गराउन दवाब दिने अभियोगमा प्रहरीले खोजी गरिरहेको थियो ।
अपराध अनुसन्धान महाशा हनुमान ढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीले डार्लिङलाई सोमबारै पक्राउ गरिएको जनाउँदै उनीमाथि अनुसन्धान जारी रहेको जानकारी दिए ।
www.onlinekhabar.com

, , ,

news and entertainment