विराट र अनुष्काको ब्रेकअप
पछिल्लो समयमा बलिउडमा निक्कै चर्चामा रहेको भारतीय चर्चित ब्याट्सम्यान बिराट कोहोली र अभिनेत्री अनुष्का शर्माको जोडी विशेष कारणले छुट्टिने भएको छ ।
क्लियर स्याम्पुको विज्ञापन खेलेर नजिकिएको यो जोडी यहि विज्ञापनककै कारण छुट्टिन लागेको हो ।
खास कुरा के भने वास्तविक जीवनमा रोमान्स गरिरहेको अनुष्का र विराटको जोडी क्लियर स्याम्पुको नयाँ विज्ञापनमा सँगै देखिने छैन ।
अनुष्का चलचित्रमा निक्कै ब्यस्त रहेका कारण उनले आगामी विज्ञापन नखेल्ने भएकी हुन् । विराट भने विज्ञापनमा रहने छन् ।
बिराटको नयाँ जोडीकोरुपमा इलियाना डीक्रूज देखिने बताइएको छ ।
आशा गरौं बिराटले नयाँ जोडी पाएपछि अनुष्काको विकल्प खोज्ने छैनन् ।
बिराटले अनुष्कालाई बेहुली बनाउन चाहेको चर्चा केही दिन अघि मात्र सञ्चार माध्यममा आएको थियो ।