ब्राजिलको कारागारमा दंगा, २ जनाको शीरछेदन -

काठमाडौं, भाद्र ९ । ब्राजिलको दक्षिणी पैरेना राज्यको कास्काभेल सहरको एक कारागारमा भएको दंगामा चारजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुईजनाको शीरछेदन गरिएको थियो भने दुई जनालाई छतबाट खसालिएको अधिकारीहरुले जनाएका छन् । घटनामा केही कैदी घाइते भएका छन् ।

११ सय ४० कैदी रहेका कारागारमा आइतबार बिहान करिब ७ सय कैदी अचानक हिंसा र तोडफोडमा उत्रिएका थिए । कैदीहरु कारागार सञ्चालन, खाना लगायतका विषयमा माग राख्दै आएका थिए ।

कैदीहरुले दुईजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएका छन् भने कारागारको धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् । ब्राजिलका विभिन्न कारागारमा करिब ५ लाख कैदीहरु रहेको बताइन्छ । (एजेन्सी)

, , ,

news and entertainment