वरिष्ठ अभिनेता ‘राते काइला’ अस्पाताल भर्ना
वरिष्ठ अभिनेता सुनिल थापा ‘राते काइला’ विरामी परेपछि अस्पताल भर्ना भएका छन् ।
हिन्दी फिल्म ‘मेरी कोम’ मा अभिनय गरेसँगै सर्वत्र प्रशंसा बटुलिरहेका अभिनेता सुनिल थापा स्वरोका कारण थलिएपछि अस्पताल भर्ना भएका हुन् ।
अचानक ज्वरोले सताएपछि उनको अल्का अस्पातालमा स्वास्थ्य परीक्षण गराइएको थियो । चिकित्सकहरुकै निगरानीमा उपचार र आराम गर्नुपर्ने बताएपछि थापा सोही अस्पातालमा भर्ना भएका हुन् ।
अस्पताल नै भर्ना भएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम गर्नुपर्ने अस्पतालले जनाएको छ ।
उसले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू विरामी परेको खबर सार्वजनिक गरेका हुन् । फेसबुकमा उनले अस्पातालको बेडमै लिइएको तस्वीर समेत शेयर गरेका छन् ।
सयौ नेपाली चलचित्रमा सफल अभियन गरेका सुनिल थापा ‘राते काइला’ पछिल्लो समय हिन्दी फिल्म ‘मेरी कोम’ मा अभिनय गरेर नेपाल फर्किएका हुन् । उनी अभिनित ‘मेरी कोम’ अहिले प्रदर्शन भइरहेको छ ।
