क्रिकेट कप्तान धोनीले किने फुटवल टिम
धोनीले बलिउड अभिनेता अभिषेक बच्चनसँग मिलेर फुटवल क्लव किनेका हुन् । भारतमा इण्डियन प्रिमियर आइपिइल क्रिकेट जस्तै यो वर्ष देखि इन्डियन सुपर लिग फुटवल हुँदैछ ।
धोनी अव अभिषेकसँगै चेन्नाइन फुटवल क्लव Chennaiyin FC को मालिक बनेका हुन् ।
यस अघि भारतीय क्रिकेटर सचिन तेन्दुल्कर र विराट कोहोलीले फुटवल टिम किनिसकेका छन् । कोहोली FC Goa र तेन्दुल्कर Kerala Blasters का मालिक हुन् ।
भारतमा अक्टोबार १२ देखि इन्डियन सुपर लिग फुटवल शुरु हुँदैछ । यसको फाइनल खेल २० डिसेम्बरमा मात्र हुनेछ ।

