१ लिटर पेट्रोलबाट १०० किलोमिटर चल्ने कार (तस्विर सहित)
कार बनाउने एक बहुराष्ट्रिय कम्पनीले सबैभन्दा बढी माइलेज दिने कार सार्वजनिक गरेको छ ।
रेनो नामक मल्टिनेशनल फ्रान्सेली कम्पनीले १ लिटर पेट्रोलबाट १०० किलोमिटर दुरी सम्म चल्न सक्ने कार सार्वजनिक गरेको छ । फ्रान्सको पेरिसमा आयोजित एक अटो शोमा उक्त कार सार्वजनिक गरिएको हो ।
यस अघि फोक्सवेगन नामक कम्पनीले पनि अत्याधिक माइलेज दिने कार सार्वजनिक गरेको थियो । यो कारलाई अहिले केवल मोडलकोरुपमा मात्र सार्वजनिक गरिएको हो । यस्को नाम इलोव राखिएको छ ।
सबैभन्दा बढी माइलेज दिने यो कार छिट्टै बजारमा आउने जानकारी पनि कम्पनीले दिएको छ । सामान्यतया कारले १ लिटर पेट्रोलमा बढीमा १०-१२ किलोमिटर मात्र माइलेज दिन्छन् । तर यो कारले भने १ लिटर पेट्रोलमा १०० मिटर माइलेज दिने कम्पनीको दावी छ ।
एजेन्सी ।
