डोटीमा बस दुर्घटना, कम्तीमा २० को मृत्यु



डोटीको जोरायलबाट धनगढीतर्फ आईरहेको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा २० जनाको ज्यान गएको खबर प्राप्त भएको छ ।

ना ४ ख ५७०७ नम्बरको बस आज दुर्घटना हुदा २५ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु भएका मध्ये ७ जनाको शव भेटिएको छ । इलाका प्रहरी थानीय प्रहरी मिलेर उद्दार कार्य जारी राखेका छन् ।

यात्रुबाहक बस सडकबाट झण्डै अढाई सय मिटर तल खसेको बताइएको छ । घटनाको पुर्ण विवरण आउन बाँकी रहेको छ ।


news and entertainment