पहराको चुचुरोमा साइकल स्टन्ट

मान्छेका शोक पनि अनेक अनेक हुन्छन् ।

यस्तै अनौठो शोक भएका ब्यक्ति हुन् विश्व चर्चित साइकल स्टन्टकर्ता ड्यानी म्याकेस्किल । स्कटल्याण्डका म्याकेस्किलले आङ नै सिरिङ्ग हुने स्थानमा पनि साइकल स्टन्ट गर्छन् ।

यो तस्विर उनले आइल अफ स्काइको दुर्गम पहाडी क्षेत्रमा पहरामाथि साइकल राइडिङ गर्दै गर्दाको हो । उनले यस्ता स्टन्ट नियमित नै गर्छन् भन्दा पनि हुन्छ ।

२८ वर्षका डेनीले ७ दशमलव ५ मिटर लामो यो अनौठो रेसको भिडियो सार्वजनिक गरेका छन् जुन इन्टरनेटमा भाइरल बनेको छ ।




,

news and entertainment