९८०७२३०७५२ नम्बरबाट विज्ञापन दिन भनेर चोकमा बोलाउँदा तेजाब प्रहारबाट घाइते

???????????????????????????????
दिपेश यादव
???????????????????????????????
रंजित यादव
रौतहट, असोज २२– रौतहटको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित गरुडाबजारस्थित दुइ नाबालकमाथि अत्यधिक प्रज्वलनशिल पदार्थ तेजाब प्रहार गरिएको छ । रातो रंगको पल्सर मोटरसाइकलमा गएका दुइजना अज्ञात मानिसले मंगलवार राती साढे आठ बजे रेडबुलको बट्टामा लिएर आएको तेजाब दुबै नाबालकमाथि छेपेर भागेका थिए ।
तेजाब प्रहारबाट घाइते गेडहीगुठी गाविस–५ का १६ वर्षीय रञ्जित यादव र इवर्वा–३ का १४ वर्षीय दिपेश यादवको गरुडास्थित हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैजनाको अवस्था क्रमशः सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टर राकेश चौधरीले बताएका छन् । मंगलवार साँझ सातबजेदेखि मोबाइल नम्बर ९८०७२३०७५२ बाट पटक–पटक विज्ञापन दिने भनेर उक्त अज्ञात समुहले रंजित यादवलाई गरुडाचोकमा बोलाएका थिए । गरुडास्थित रेडियो मधेशमशलाका सहयोगीका रुपमा कार्यरत रञ्जितसँगै स्थानिय विद्यालयमा कक्षा ५ मा अध्ययनरत दिपेश चोकमा जाँदा तेजाबको घटनामा परेको प्रहरीले जनाएको छ । रेडियो मधेश मशलाका अध्यक्ष जयनाथ यादवले नाबालकमाथि तेजाब प्रहार अमानविय कार्य भएको भन्दै खेद प्रकट गरेका छन् । समाचार, विज्ञापन, अथवा रेडियोको कुनै कार्यक्रममा समेत सहभागी नरहेका नाबालकमाथि राजनीतिक पूर्वाग्रहीको कारण कसैले त्यसो गरेको अध्यक्ष यादवले दाबी गरेका छन । यसैबिच अध्यक्ष यादवसहित केही सहयोगीहरुले घटनामा संलग्न रहेको आशंकामा टेंग्राहा गाविस घर भई गरुडामा बस्दै आएका २५ वर्षीय मनोज यादवलाई गए राती १२ बजे पक्राउ गरि इलाका प्रहरी कार्यालय गरुडाको जिम्मा लगाएका छन् । आरोपी मनोजले घटनामा आफनो संलग्नता रहेको बताएका छन । रेडियोसँग आफुले विज्ञापन बापत रकम लिनुपर्ने भएकाले जबरदस्ती फँसाउने षड्यन्त्र भएको उनले प्रतिक्रिया व्यक्त गरेका छन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

,

news and entertainment