चन्द्रग्रहण : वृष, मिथुन, तुला र मकरलाई फल शुभ

ग्रहणको फल राशि अनुसार कसैलाई शुभ र कसैलाई अशुभ हुन्छ भनेर ज्योतिषीहरुले भन्ने गर्छन् ।
कतिलाई यो विश्वाश लाग्छ, कतिलाई लाग्दैन। हरेक पात्रोमा ग्रहणको फल उल्लेख गरिएको हुन्छ । आज लाग्ने ग्रहणको बारेमा पनि पात्रोहरुमा राशि अनुसार फल पढ्न पाइन्छ ।

तोयनाथ पन्तको पात्रो अनुसार मेष राशिको लागि खण्डग्रास चन्द्रग्रहणले व्यय बढाउने छ भने वृष राशिलाई लाभ फल दिनेछ । मिथुन राशिलाई चन्द्रग्रहणले सुख दिनेछ भने कर्कट राशिको मान नाश हुनेछ ।
त्यस्तै, सिंह राशिका लागि कष्ट हुनेछ भने कन्या राशिको लागि स्त्रीपीडा हुने तोयनाथ पन्तको को पात्रोमा लेखिएको छ । तुला राशिलाई सौख्यम् हुनेछ भने वृश्चिकलाई चिन्ता बढ्नेछ। धनुमा व्यथा लाग्नेछ ।
मकर राशि भएकाहरुको श्रीप्राप्ति हुनेछ। कुम्भलाई क्षति हुनेछ भने मीन राशिलाई घात हुने योग भएको पात्रोमा उल्लेख छ। त्यस्तै रेवती नक्षत्र भएका मीन राशिलाई ग्रहणले अतिकष्ट दिने पनि पात्रोमा लेखिएको छ ।
समष्टीमा भन्ने हो भने वृष, मिथुन, तुला र मकरलाई चन्द्रग्रहणको फल शुभ देखिन्छ भने अन्यलाई चन्द्रग्रहणले अशुभ फल दिने पात्रोमा उल्लेख छ ।

,

news and entertainment