घाँस खाएको आरोपमा बाख्रो प्रहरी हिरासतमा

एजेन्सी: 'न्यायाधीश सा'वको बाख्रोलाई भारतीय कानुनबारे थाहा भएन होला, त्यसैले उसलाई यो पटक माफी दिइएको छ । अर्को पटकदेखि उसले भारतीय कानुन पढेर मात्र घाँस खान जानेछ । फेरि पनि यस्तै गल्ती गर्नेछैन ।' छत्तिसगढको कोरिया जिल्लाको पुलिस हिरासतमा लिएको एउटा बाख्रोलाई छाड्नका लागि यस्तो अपिल फेसबुकमा गरियो ।


खासमा कोरिया जिल्लाको जनकपुर इलाकामा न्यायिक अधिकारी सा'बको बगैंचाको घाँसर फूलपाती एक बाख्राले खाने गरेको थियो ।


बाख्राले आफ्नो बगैंचाको घाँस र फूल खाइदिएपछि रिसाएका न्यायिक अधिकारीले पुलिसलाई सूचना दिए ।

पुलिसले न्यायिक अधिकारीको आग्रहमा बाख्रो र उसका मालिक अब्दुल हसन 'गणपत' लाई हिरासतमा लियो ।

जनकपुरका थाना प्रभारी आरएस प्याङ्कराका अनुसार न्यायिक अधिकारीले दिएको उजुरीमा त्यो बाख्रोले पटक पटक आफ्नो बगैंचाको घासँ र फूलपाती खाएर हैरान बनाएको उल्लेख थियो ।

न्यायिक अधिकारीले पुलिसमा दिएको उजुरीमा बाख्रोलाई आज भगाए पनि भोलिपल्ट आएर बगैंचामा क्षति गर्ने गरेको गुनासो गरिएको थियो ।

तर स्थानीय वकिलहरुले भने भारतीय कानुनको जुन धाराअनुसार बाख्रो र उनका मालिकलाई गिरफ्तारी गरिएको छ त्यसअनुसार धरौटीमा छोड्नेमात्रै प्रावधान रहेको छ ।

'कानुन अनुसार बाख्रो र उसका मालिकलाई अदालतमै नलगी पुलिस कार्यालयबाटै जमानत मिल्नुपर्छ', वकिल जितेद्र शर्माले भने, 'बाख्रो र उसको मालिक जमानतमा रिहा हुने कुरामा हामीलाई विश्वास र आशा छ।'
annapurnapost

,

news and entertainment