मिस इन्डियाको जालमा परे शाहरुख, गौरीलाई तनाव

बलिउडमा सम्बन्ध जोडिनु र तोडिनु मिनेट भरको खेल बन्ने गर्छ। फिल्म अनि कलाकारका वास्तविक जीवन एउटै लाग्ने बलिउडमा सम्बन्धको स्थायीपना छैन भन्दा पनि अधिकांस जोडीलाई सत्य सावित हुन्छ। यो वर्ष र अघिल्लो वर्ष निकै चर्चित बनेका अनि विवाह गरेका सेलेब्रेटीहरुको सम्बन्ध सकिएको छ। अब बलिउडका बादशाह शाहरुख खानको परिवारमा पनि भारतीय मिडियाद्वारा अर्को जालो बुनिएको छ। कुरा हो, गौरी खानको चिन्ताको। आफ्ना पति शाहरुख खान र मोडल उर्वशी रौतेला नजिकिएको खबरले बादशाहको घरमा चिन्ताको बास भएको छ।


एकै फिल्म खेल्ने पाँचै जनाको ब्रेकअप

शाहरुख गौरी र शाहरुख उर्वशी(दाँया)
शाहरुख गौरी र शाहरुख उर्वशी(दाँया)
पछिल्ला दिन दुबईमा भएको एक अवार्ड कार्यक्रमको दौरान शाहरुख र उर्वशीको क्लोजनेसको कारण गौरीको चिन्ताको चर्चा चल्न सुरु भएको हो। चर्चा छ कि, कुनै समयमा गौरी झै देखिने यी मोडल, नायिका माथि शाहरुख निकै आकर्षित छन्।

शाहरुखका छोरा आर्यन भन्दा उर्वशी केवल ३ वर्षले जेठी छिन्। फिल्म डनको सुटिङको क्रममा शाहरुख खानको सम्बन्ध प्रियंका चोपडासंग पनि नजिकिएको थियो। तर, दुवैले यो कुरालाई नकार्दै आएका छन्। त्यो बेला पनि गौरीको चिन्ताको कारण बढेको थियो। सो बखत भारतीय मिडियाले गौरी र शाहरुखको सम्बन्ध सकिन लागेको सम्मको चर्चा गरेका थिए।

उर्वशी रौतेला को हुन?

२२ वर्षकी उर्वशी रौतेलाले सन् २०१५ मा मिस इन्डियाको ताज जितेकी थिइन। त्यसपश्चात मिस यूरनिभर्स पेजेन्टको लागि भारतको प्रतिनिधित्व गरिन, तर प्रतियोगिताबाट धेरै अघि जान सकिनन्। सन् २०१३ मा उनले सनी देवलसंग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। यो वर्ष उनको ‘सनम रे’ फिल्म बलिउडमा सफल नै रह्यो।

विवादै विवादमा उर्वशीको जीवन
उर्वशीको इतिहासमा विवादै विवाद छ। सन् २०१२ मा मिस यूनिभर्स इन्डिया बनेकी उनको ताज गलत उमेर बताएको कारण छिनिएको थियो। पछिल्लो वर्ष मुम्बई एयरपोर्टबाट जानकारी नदिइ आठ लाखको ज्वेलरी लिएर निक्लदैँ गर्दा उनलाई अधिकारीहरुले समातेका थिए।
nepaliheadlines

,

news and entertainment