अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाई शुभकामना
अष्टेलिया । अस्ट्रेलियाको बिभिन्न शहरहरुमा नेपालीहरुको प्रभुत्व बढ्दै गएपछि अस्ट्रेलियन राजनीतिक दल र सरकारले पनि त्यसमा सम्वोधन गर्न थालेका छन् ।
सोही क्रममा नेपाली नयाँ बर्षको उपलक्ष्यमा अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले नेपाली समुदायलाई शुभकामना ब्यक्त गरेका छन् ।
यसै क्रममा स्थानिय राजनितक दल र सरकारले पनि नेपाली समाजलाई सम्वोधन गर्ने क्रम पनि बढेको छ । सत्तासीन लिबरल पार्टीले नेपाली फ्रेन्ड्स अफ लिबरल भनेर एउटा भातृ संगठन खोलेको छ भने प्रतिपक्ष दल लेबरका नेताहरु नेपाली समर्थकहरु बटुलेर नेपाली फ्रेन्ड्स अफ लेबरको तयारीमा रहेका छन् ।
अस्ट्रेलियन प्रधानमन्त्री माल्कम टर्नबुलले नेपालीहरुको नयाँ बर्षका लागि शुभकामना दिदै नेपाली समाजप्रति आफ्नो प्रेम देखाएका छन् भने साथ रहने कुरा पनि बताएका छन् ।
लिबरल फ्रेन्ड्स अफ नेपालमार्फत सन्देश पठाएर टर्नबुलले भनेका छन् ‘ नेपाली समुदायले अष्ट्रेलियामा गरेको प्रगतिको हामी सम्मान गर्छौ । नेपालीहरुले मनाउने नयाँ वर्षलाई अष्ट्रेलिया सरकार सम्मान गर्छ र नयाँ वर्षको अवसरमा शुभकामना ब्यक्त गर्न चाहन्छु ।’
सुन्दर भबिष्य र उच्च शिक्षाको लागि अस्ट्रेलिया नेपालीहरुको उत्कृष्ट गन्तब्य बनेको छ । यहाँ शिक्षा र स्थायी बसोबासको कारणपनि नेपालीहरुको आकर्षण बढेको हो ।
पछिल्लो दश वर्षमा नेपाली मुलका अस्ट्रेलियनको संख्या ११ गुणाले वृद्धी भएको यहाँको सरकारी तथ्यांकले देखाएको छ । नेपाली राजनीतिबाट प्रभावित नेपाली समाज बिस्तारै स्थानिय राजनीतिमा प्रवेश गर्दा सरकार र राजनीतिक दलले पनि नेपाली समाजप्रति चासो बढाउन थालेको हो । अष्टेलिया बिश्वमा नै बहु संस्कृती भएको मूलुकमा पर्दछ ।
onlinekhabar
