काठमाडौं: फ्रान्सको राजधानी पेरिसमा शुक्रवार अपरान्ह भएको शक्तिशाली विस्फोटमा कम्तिमा पाँचजना घाइते भएका छन् ।
सहरको एक सुविधासम्पन्न बस्तीबीचमा ग्यास पाइपलाइनबाट यो धमाका भएको हो ।
सामाजिक सञ्जालमा शेयर गरिएको तस्बिर र भिडियोमा भवनको बीचबाट बाक्लो धुवाँ आएको देखाइएकोछ ।
पेरिस पुलिसले ट्वीट गर्दै यसमा आतंकवादी हमलाको इन्कार गरेको छ । विस्फोटपछि फसेका मानिसलाई प्रहरी र अग्निनियन्त्रकले त्यहाँबाट निकालिरहेका छन् ।
स्थानीय समयानुसार १२ बजेर २० मिनेटमा भएको यो विस्फोट भएको स्थानमा मानिस बसोबास गर्ने तथा वकील, एकाउन्टेन्ट स टेलिकम्युनिकेशनको कार्यालय रहेका छन् ।
यसको नजिकै पेरिस स्टक एक्सचेन्जको मूख्य कार्यालय भवन रहेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
अग्निनियन्त्रणकको टोली विस्फोट भएको स्थानमा पुगिसकेको छ । भवनमा फसेका मानिसहरुलाई निकाल्ने प्रयास गरिरहेका छन् ।
विस्फोटपछि भवनको आसपासको सडक पनि खाली गरिएको छ। अघिल्लो साल नोभेम्बरमा १३० जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि पेरिस उच्च सतर्क अवस्थामा छ ।
दस दिनअघि बेल्जियमको ब्रसेल्स विमानस्थलमा भएको मेट्रो स्टेशनमा भएको आत्मघाती हमलामा ३५ जना मारिएका थिए ।
annapurnapost
पेरिसमा शक्तिशाली विष्फोट, पाँचजना घाइते
news and entertainment